Aamsanchar

कर्णेल लामा निर्दोष साबित

Author Image
बुधवार, भदौ २२, २०७३

काठमाडौं:

Kumar-Lama-57cf700d035122.02317897

झण्डै चार वर्षदेखि बेलायतमा युद्ध अपराधसम्बन्धी मुद्दा खेप्दै आएका नेपाली सेनाका महासेनानी कुमार लामा निर्दोष सावित भएका छन् ।

बेलायती एक अदालतले सोमबार लामा निर्दोष रहेको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दश लाख पाउन्ड रकम खर्च हुने गरी उनले हालसम्म कानुनी लडाइँ लडेका थिए ।

त्यहाँको क्राउन प्रोसिक्युसन सर्भिसले लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएको बताउँदै मुद्दा अघि नबढाउने निर्णय लिएको थियो । योसँगै बेलायतको फौजदारी अदालत ओल्ड बेलीमा न्यायाधीश स्विनी नेतृत्वको एक इजलासले लामालाई निर्दोष ठहर गर्दै मुद्दा टुंग्याएको हो ।

दक्षिण सुडानमा राष्ट्रसंघीय शान्ति सेनामा खटिएका लामालाई बिदा मनाउन र परिवार भेट्न सन् २०१३ जनवरी महिनामा बेलायत पुगेका बखत बेलायती प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि तत्कालीन सरकारले लामाको मुद्दा फिर्ता लिइदिन बेलायत सरकारलाई औपचारिक रूपमा चिठी लेखेको थियो ।

पूर्ववर्ती सरकार परराष्ट्रमन्त्री कमल थापाले दुईपटकका बेलायत भ्रमणमा लामाको रिहाइका लागि बेलायत सरकारसमक्ष आग्रह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)