Aamsanchar

सम्पादक गिरीलाई सम्मान

Author Image
शनिवार, भदौ २५, २०७३

yekraj giri journalist
बिर्तामोड ।
नयाा उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–६ले पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप पत्रकार महासंघ झापाका सचिव समेत रहेका गिरीलाई शनिवार सो सम्मान प्रदान गरिएको बताइएको छ । संस्थाका अध्यक्ष विश्वेश्वरप्रसाद बजगाई र प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य लक्ष्मीप्रसाद उप्रेतीले गिरीलाई सम्मान स्वरुप सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेका थिए । संस्थाको ५औं बार्षिक साधारणसभाको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।गिरी २०५४ सालबाट पत्रकारितामा क्रियाशील छन् ।गिरी आम सञ्चार अनलाइन पत्रिकाका प्रवन्ध सम्पादक समेत हुन् ।
नया उज्यालोको साधरण सभा
बिर्तामोड–६स्थित नयाा उज्यालो बचत तथा ऋण सहकारी संस्था लि.को ५औं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंक लेखा समिति सदस्य लक्ष्मीप्रसाद उप्रेतीले प्रमुख अतिथिको तर्फबाट उद्घाटन गरेको सभामा संस्थाका अध्यक्ष विश्वेश्वरप्रसाद बजगाईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे र पद्मा भण्डारी ढकाललाई सम्मान गरिएको थियो ।
त्यस्तै असल ऋणीमा उमेश सेन्च्यूरी, देशमाया राई तथा असल बचतकर्तामा कृष्णप्रसाद बजगाई र मनमाया गिरीलाई सम्मान गरिएको थियो । शेयर सदस्यका छोराछोरी मध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई समेत सो अवसरमा सम्मान प्रदान गरिएको थियो । संस्थाकी सचिव सुष्मा भण्डारी र व्यवस्थापक खड्गबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी धिमालले स्वागत गरेका थिए । कार्यक्रममा संस्थाको प्रतिविधि बारे केसरबहादुर खवासले प्रकाश पारेका थिए । उक्त अवसरमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कार्की, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी तथा प्रेमचन्द्र लिम्बू, कल्पना आचार्य, धनकुमारी पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०६९ सालमा ७७ जना सदस्यको तीन लाख ८५ हजार शेयर पूाजीबाट शुरु भएको संस्थामा हाल ९ सय ३६ सदस्य र ८८ लाख ५३ हजार शेयरपूाजी रहेको अध्यक्ष बजगाईले जानकारी दिए । चालू बर्षमा उक्त पूाजी बृद्धि गरी एक करोड २५ लाख पुर्‍याउने र तीन करोड ५० लाख रुपैयाा ऋण लगानी गर्ने योजना समेत अध्यक्ष बजगाईले सुनाए । शेयर सदस्यको संख्या समेत १३ सय पुर्‍याइने बताइएको छ । संस्थाले सदस्यहरुको हितका साथै सहकारी शिक्षा, सामाजिक र मानवीय क्षेत्रमा समेत काम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)