Aamsanchar

बालिका बलात्कार गरेको अभियोगमा पक्राउ

Author Image
शनिवार, भदौ २५, २०७३

सुनसरीः

timthumb

इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने २७ वर्षीय निर्मल बरुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

धरानबाट सार्वजनिक गाडीमा इटहरीतर्फ जाने क्रममा जंगल छेउमा गाडी रोकी उदयपुर हडिया–६ का २७ वर्षीय तेजबहादुर कार्की र ती बालिका झरेकोमा उक्त स्थानमा लुकिछिपी बसेका आफुलाई प्रहरीको सई बताउने बरुवालले तेजबहादुरलाई कुटपिट गरी १५ हजार ६ सय रुपैयाँसमेत लुटपाट गरेको बताइएको छ ।

बालिकालाई जंगलमा लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटीएको प्रहरीले बरुवाललाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)