Aamsanchar

गाउँ गाउँमा ‘प्रहरी मेरो साथी’ अभियान

Author Image
आइतवार, भदौ २६, २०७३

भीमदत्तनगर ।

Police-My-Friend

प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ ।

मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आव २०७२÷७३ को नीति तथा कार्यक्रममा नै प्रहरी मेरो साथी अभियान समावेश गरी देशभर सञ्चालनमा ल्याएको थियो ।

हाल देशका ७५ वटै जिल्लामा सञ्चालनमा रहेको उक्त अभियानले कञ्चनपुरका ग्रामीण बस्तीमा पनि प्रभाव देखाइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यहाँका विभिन्न सामाजिक सङ्घ, सङ्गठनलगायतका सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई जिल्लाको सबै क्षेत्र र बस्तीमा पु¥याउन दिनहुँ सक्रिय हुँदै गइरहेको छ ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न अभियान जिल्लाका सबै क्षेत्रमा थालिएको जिप्रका, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर