Aamsanchar

लक्ष्मी माविमा कक्षा ११ को पढाई सुरु

Author Image
सोमवार, भदौ २७, २०७३

laxmiबिर्तामोड ।
झापाको शनिअर्जुन–५ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा आइतवारबाट कक्षा ११को पठनपाठन शुरु भएको छ ।
विद्यालयले आध्यात्मिक अनुष्ठानसहित ११ कक्षाको उद्घाटन गरेको हो । कक्षा ११ र १२ सञ्चालनका लागि धरौटी वापत लाग्ने ८ लाख ५ सय ५५ रुपैयाा दान प्रदान गर्ने दाता कमलप्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले विद्यालयको गतिविधि र आगामी योजना बारे जानकारी गराएका थिए । पण्डित अरुण पौडेल तथा दाता परिवारको तर्फबाट पानसमा दीप प्रज्ज्वलन गरी कक्षाको उद्घाटन गरिएको थियो । प्रधानाध्यापक गुप्ताले सम्पन्न विद्यालयको सुविधा लक्ष्मी माविले विद्यार्थीलाई उपलब्ध गराउने घोषणा गरे । २०२१ सालमा विद्यालय स्थापना गर्ने संस्थापक मध्येका केदारमान बस्नेतले आफ्नो जीवनकालमै कक्षा ११को पठाई शुरु भएको देख्न पाउादा ज्यादै हर्षित भएको बताए । ‘त्यतिखेर ज्यादै दुर्गम थियो यो ठाउा, बाटो थिएन’– बस्नेतले विगत सम्झदै भने– ५ जना विद्यार्थी लिएर पूर्व प्राथमिक तहमा पढाउन शुरु गरेको थिएा, अहिले ११ कक्षामा समेत पठनपाठन शुरु भइसकेको छ ।’

14287716_1830581690509944_652213892_n


सो अवसरमा कक्षा ११मा भर्ना भएका विद्यार्थी रामचन्द्र बरालले गुणस्तरीय शिक्षा आर्जनका लागि आफूहरुले लक्ष्मी मावि रोजेको बताए । दाता आचार्यले गरीब परिवारका विद्यार्थीले एसएलसी पछिको शिक्षालाई पनि सहज रुपमा पढन सकून् भनेर आफ्नो परिवारले सहयोग गरेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सचिव उमेश साह, बुधवारे स्रोत केन्द्रका स्रोतव्यक्ति सूर्यप्रसाद सापकोटा, विद्यालयका निवर्तमान अध्यक्ष यमकुमार ओली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मोहन विमली, सरु आचार्य लगायतको आतिथ्य रहेको विद्यालयका सहायक प्रधानाध्यापक सुवास डाागीले बताए । लक्ष्मी मावि ०७२को एसएलसीमा झापाका १ सय ११ सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउादै जिल्लाकै ५औं र शनिअर्जुनको प्रथम भई पुरस्कृत समेत भइसकेको छ । प्रधानाध्यापक गुप्ताका अनुसार लक्ष्मी माविमा कक्षा ११मा भर्नाका लागि विभिन्न क्षेत्रबाट विद्यार्थी आउने क्रम जारी छ । औपचारिक रुपमा यही भदौ २३ गते कक्षा ११ र १२को पठनपाठन सञ्चालनका लागि अनुमति पाएको लक्ष्मी माविमा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन शुरु भएको हो ।
विद्यालयले व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय, मल्टिमिडिया एण्ड स्मार्ट बोर्डको प्रयोगबाट पढाइ, मासिक प्रगति परीक्षा लिनुका साथै दक्ष र अनुभवी प्राध्यापकबाट अध्यापन गराउने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)