Aamsanchar

दुई नक्कली डाक्टर पक्राउ

Author Image
सोमवार, भदौ २७, २०७३

काठमाडौँ।

Doctor

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नपा–१३ घर भई हाल संयुक्त अरब इमिरेट्समा कार्यरत बालकृष्ण अर्याल र धनुषा जनकपुर–१५ घर भई जनसेवा डेन्टल हस्पिटल, पथरी, मोरङमा कार्यरत सञ्जिवकुमार साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनाले भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यता ब्यूरोले व्यक्तिहरुको चिकित्सा अभ्यासबाट पिडीत कोहीे भए आवश्यक कारबाहीको लागि जानकारी दिनसमेत सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)