Aamsanchar

रक्सी बेच्ने ४१ जनालाई कार्वाही

Author Image
मङ्गलवार, भदौ २८, २०७३

सप्तरी ।

जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ ।

मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट पनि गरिएको छ ।

पक्राउ पर्नेहरुलाई रु ५,०००।– देखि रु ३० हजारसम्म जरिमाना असुल गरिएको र मदिरा बनाउनका लागि प्रयोग गरेका भाडावर्तन, साइकल लिलामीको लागि राजबिराजस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताउनुभयो ।

मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनका लागि स्थानीय जनता र सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)