Aamsanchar

रिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाए

Author Image
मङ्गलवार, भदौ २८, २०७३

दाङ ।

दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् ।

दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा.१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला पारेका थिए ।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको रु ५००।– र रु १००।– का रु ५०,००० कोे बिटो प्रहरीलाई बुझाएका हुन् ।

उनले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुनसक्ने उल्लेख गर्दै सम्बन्धित व्यक्तिको पहिचान गरी रकम फिर्ता दिलाउन प्रहरीलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर