Aamsanchar

लाभन्याद्धारा गुरुकुलका विद्यार्थीको छाला सम्बन्धी रोगको निःशुल्क परिक्षण

Author Image
शुक्रवार, भदौ ३१, २०७३

lavanya 2

बिर्तामोड ।
शनिअर्जुनस्थित अर्जुनधारा जलेश्वरधाम गुरुकुलका विद्यार्थीको छाला सम्बन्धी रोगको निःशुल्क परिक्षण र दबाई वितरण गरिएको छ ।
बिर्तामोडस्थित लाभन्या लेजर स्किन एण्ड हेयर सेन्टर प्रालिको प्राविधिक सहयोगमा उक्त गुरुकुलका ४५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको धामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।
उक्त अवसरमा लाभन्याकी छाला रोग विशेषज्ञ डा. सन्ध्या बगडिया राठीले विद्यार्थीको स्वास्थय परिक्षण गरेकी थिइन् । लाभन्याका एमडीजीपी डा. हेमन्त राठीले समेत प्राविधिक सहयोग पु¥याएका थिए ।
बिर्तामोडमा भर्खरै खुलेको लाभन्यामा अत्याधुनिक लेजर प्रविधिद्वारा छाला सम्बन्धी सम्पूर्ण रोगको उपचार हुँदै आएको छ ।

lavanya

lavanya 1

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)