Aamsanchar

अनैतिक सम्बन्ध राखेको आरोपमा श्रीमतीको हत्या

Author Image
बिहिवार, असोज २७, २०७३

वीरगन्जः

Hatya

बाराको रघुनाथपुर गाविसमा एक विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ ।

रघुनाथपुर गाविस–३ इनर्वाका मनोहर पाण्डेकी श्रीमती २० बर्षीया सुधा पाण्डेको आगोले जलेर मृत्यु भएको हो ।

प्रहरीले सुधा आफैले आफनो जीउमा मट्टीतेल खन्याएर आगो लगाइ आत्महत्या गरेको अनुमान गरेको छ । तर उनका छिमेकीले भने श्रीमान मनोहरले सुधाको जीउमा आगो लगाएर मारेको आरोप लगाएका छन् ।

आगोले जलेर गम्भीर घाइते सुधाको कलैया र वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बिहीबार बिहान पौने ६ बजे नौबिसेमा पुग्दा सुधाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण आक्रोशमा आएर सुधा आफैले आफनो जीउमा मट्टी तेल छर्केर आगो लगाइ आत्महत्या गरेको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताए ।

पर्साको बहुअर्वाभाठामा माइती घर भएकी सुधाको सात आठ महिना पहिले मनोहरसंग विहे भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर