Aamsanchar

दुर्घटनामा सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु

Author Image
बिहिवार, असोज २७, २०७३

बुधवार पृथ्वीराजमार्गस्थित वैरेनीमा दुई मोटरसाइकल जुध्दा सशस्त्र प्रहरीका निरिक्षक धुव्र थापाको मृत्यु भएकोछ । थापा सवार काठमाण्डौंतर्फ जादैं गरेको वा ६९ प १७५५ र विपरित दिशाबाट आउँदै गरेको वा ७५ प २९६७ मोटरसाईकल एकआपसमा जुधेको थियो ।

मोटरसाइकलको पछाडी सवार थापाको उपचारका क्रममा शसस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको वैरेनीस्थित प्रहरी नायव निरिक्षक सुरेन्द्र यादवले बताए । मोटरसाईकल चालक मृतक थापाकै छोरा घाईते भएका छन् ।
थापा सवार मोटरसाईकललाई ठक्कर दिने मोटरसाइकलका चालक नुवाकोट जिल्ला  कुमरी ३ निवासी ४५ वर्षीय प्रल्हाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदी आफै पनि घाईते छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर