Aamsanchar

प्रेमप्रकाश सिटौलालाई मातृशोक

Author Image
आइतवार, असोज ३०, २०७३

sitaulaaaamai
चारपाने ।
तत्कालिन चारपाने गाउँ विकास समितिका निर्वाचित पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौलालाई मातृशोक परेको छ ।
सिटौलाकी आमा विष्णुमाया सिटौलाको ८९ वर्षको उमेरमा काठमाडौंको चण्डोलमा असोज २७ गते निधन भएको छ । प्रेमप्रकाश सिटौला नेकपा एमाले झापा सदस्य तथा बिर्तामोड नगर कमिटी इञ्चार्ज र सहारा नेपाल चारपानेका शेयर सदस्य समेत हुन् । १९८५ साल असार २९ गते विष्णुप्रसाद भट्टराई र इन्द्रमाया भट्टराईकी माइली छोरीको रुपमा काठमाडौंको चण्डोलमा जन्मिएकी सिटौलाको तेह«थुम खाम्लाबुङ–३ का द्रोणाचार र राममाया सिटौलाका छोरा रघुनाथ सिटौलासँग विवाह भएको थियो ।
स्व.विष्णुमायाका पति रघुनाथ सिटौलाको २०६७ साल असोज ४ गते ८६ वर्षको उमेरमा स्वर्गारोहण भइसकेको छ । स्व. विष्णुमायाका ६ छोरा–बुहारी रहेका छन् । छोरा–बुहारीहरुमा कविलमणि–खगेश्वरा सिटौला, प्रेमप्रकाश–धनकुमारी सिटौला, डिल्लीप्रसाद–गोमादेवी सिटौला, उमेशकुमार–हरिकला सिटौला, दिनेस–रुपादेवी सिटौला, कृष्णप्रसाद–धनकुमारी सिटौला रहेका छन् । त्यस्तै तीन छोरीहरुमा रुपादेवी–डिल्लीप्रसाद निरौला, सितादेवी–जगतबहादुर कार्की, मैया उप्रेती रहेका छन् ।
त्यस्तै ३० नातिनातिना र ७ नातिनी बुहारी, १७ जना पनातिपनातिना रहेका छन् । स्व. सिटौलाको असोज २८ गते काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिएको र हाल काठमाडौं तारकेश्वर नगरपालिकास्थित तारकेश्वर मन्दिरमा दशगात्रा कर्म भइरहेको छोरा प्रेमप्रकाश सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर