Aamsanchar

लोकबन्धु घाइते

Author Image
सोमवार, कार्तिक १, २०७३

lok bandhu k

बिर्तामोड ।
एमाले नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङ्वा आइतबार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको लालीगुराँस होटल अगाडि मोटरसाइकल रोकेर सडक किनारमा बसेका कन्दङ्वालाई पश्चिमबाट पूर्वतर्फ गइरहेको मे६प ९८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करबाट उनको दाहिने हातको हत्केला माथिको जोर्नी फुटेको बताइएको छ । बिर्तामोड–५ बुट्टाबारी निवासी कन्दङ्वा मे१प ९६११ नम्बरको मोटरसाइकल रोकेर बसेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर