Aamsanchar

डेंगु संक्रमण नियन्त्रणमा आउँदै, जोखिम भने कायमै

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं,

lamkhutte

डेंगुको संक्रमण बिस्तारै नियन्त्रण हुँदै गए पनि खतरा भने कायमै रहेको स्वास्थ्य विज्ञले बताएका छन् । सोमबार मकवानपुरको हेटौंडामा डेंगुबाट एक जनाको ज्यान गएपनि चितवन, झापा लगायत तराई र केही पहाडी जिल्लामा देखिएको डेंगुको संक्रमण बिस्तारै नियन्त्रण हुँदैछ ।

तर सावधानी नअपनाए फेरि फैलने खतरा भने रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगुको संक्रमण कम भयो र चिसो बढ्यो भन्दैमा सतर्कता अपनाइएन भने फेरि प्रकोप फैलिन सक्ने महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने बताउनुहुन्छ ।

उहाँका अनुसार लामखुट्टेले आफ्नो प्रजनन् क्षमता बढाउँदै लगेकाले चिसोमा पनि फुल पार्ने र बच्चा हुर्काउन सक्छ । इजिप्ट एजिप्टाई जात लामखुट्टेको टोकाइबाट बच्न सके डेंगु लाग्न पाउँदैन । यो वर्ष झण्डै एक हजार जनालाई डेंगुको संक्रमण भएको सरकारी तथ्याङ्क छ ।

पूरा बाउला भएको कपडा लगाए, सुत्दा लाम खुट्टे नछिर्ने गरी झुल टाँगे अनि थापेर राखेको पानी हप्तामा दुई पटक सफा गरे डेंगु रोगबाट बच्न सकिन्छ । सरकारले यो रोग बारे जानकारी गराउन सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर