Aamsanchar

बिधुत चोरीमा संलग्न सात पक्राउ

Author Image
सोमवार, पौष ११, २०७३

सप्तरी।

biduti_karan-e1450262869256

सप्तरीमा प्रहरी र बिधुत प्राधिकरणको सँयुक्त टोलीले बिधुत चोरीमा संलग्न सात जनालाई नियन्त्रणमा लिई कारवाही शरु गरेको छ।
पक्राउ पर्नेमा सप्तरी बमनगामा १ बस्ने शम्भुनाथ यादव, भगवतपुर ५ बस्ने दिनेश साह, सोनरा १ बस्ने दनेचन्द्र यादव, सोनरा २ बस्ने जम्बर मण्डल, बेलिया ५ बस्ने चन्देश्वर खङ, शम्भुनाथ ३ बस्ने सहदेव सरदार र बभनगामा ३ बस्ने रामचन्द्र यादव छन्।

उनीहरुलाई सोमबार अपरान्ह विधुत प्राधिकरण राजविराज र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले बिधुत चोरी गरी घरमा लगेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरु उपर बिधुत प्राधिकरणबाट बिधुत चोरी नियन्त्रण ऐन अन्तरगत कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर