Aamsanchar

दाउराको चिर्पटले हानेर साथीको हत्या

Author Image
सोमवार, कार्तिक १३, २०७४

नेपालगञ्ज,

सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती नदी किनारमा सोही ठाउँ निवासी सन्तबहादुर पुनलाई दाउराको चिर्पटले टाउकामा हिर्र्र्काएर हत्या गरेका थिए ।

सो हत्यामा संलग्न अर्का अभियुक्त सोही स्थान निवासी ३९ वर्षीय अर्का रणबहादुर रोका अहिले फरार रहेको र उनको खोजतलास भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुधिर शाहीले पत्रकार सम्मेलनमा बताउनुभयो । लामो समयको अनुसन्धानपछि अभियुक्त २१ वर्षीय रोकालाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार दाङबाट पक्राउ गरी यहाँ ल्याएको हो ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुई अभियुक्त घोराही उपमहानगरपालिका–६ का ३१ वर्षीय प्रमोद पछाई र भारत बहराइच नानपाराका–२० वर्षीय सोनु राईलाई पनि सार्वजनिक गरेको छ । अभियुक्त राईलाई यही कात्तिक ८ गते भारतबाट ल्याउँदै गरेको करिब ३१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर