Aamsanchar

विप्लवका चार कार्यकर्ता झापाबाट पक्राउ

Author Image
आइतवार, कार्तिक २६, २०७४

झापा ।

नेक्रविक्रम चन्द (विप्लव समूह) मा आवद्ध नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुनावी विरोधी गतिविधिलाई तिव्रता दिएसँगै झापा प्रहरीले जिल्ला सेक्रेटरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने झापा जिल्ला सेक्रेटरी दीपक गुरुङ, मेची अञ्चल व्यूरो सदस्य दर्शन भन्ने दीपक लताङग्री, सांस्कृतिक मेची व्युरो संयोजक इसलाम भन्ने नवल गजमेर र किसान भाृत संगठनका झापा क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक खोम मिश्र रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्षेत्रीय संयोजक मिश्रलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले आइतबार विहान मेचीनगरबाट पक्राउ गरेको छ भने, जिल्ला सेक्रेटरी गुरुङसहित तीन जनालाई बिर्तामोडबाट शुक्रवार पक्राउ गरिएको झापाका प्रहरी उपरिक्षक विष्णुकुमार केसीले जनाकारी दिए ।

 

उनीहरुलाई झापा अदालतबाट म्याद थप गरी आवश्यक अनुसंन्धानका लागि हिरासतमा राखिएको प्रहरी उपरिक्षक केसीले बताए । पछिल्लो समयमा देशका विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधिमा उत्रिएका विप्लव समूहका कार्यकर्ताले उम्मेदवार माथि आक्रमण गर्ने थालेपछि उनीहरुलाई पक्राउ गरिएको केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)