Aamsanchar

दिउँसै मोटरसाइकल चोरी

Author Image
मङ्गलवार, फागुन ८, २०७४

बिर्तामोड।

बिर्तामोड–५स्थित संवाद समूहको सचिवालय अगाडि पार्किङ गरी रााखिएको मे७प २४७३ नम्बरको मोटरसाइकल दिउँसै चोरी भएको छ ।

संवाद समूह झापाका संयोजक तथा अधिवक्ता दीपेन्द्र भट्टराईको कालो र रातो रंग मिसिएको पल्सर दिउँसो चोरी भएको हो । हलभित्र महिला अधिकार सिद्धान्त र व्यवहार विषयक छलफल चलिरहँदा बाहिर पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।

भट्टराई सवा एक बजेतिर संवाद समूहको सचिवालयमा आउनुभएको थियो, एकडेढ घण्टापछि छलफल सकेर निस्किँदा मोटरसाइकल थिएन– खरेलले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर