Aamsanchar

सरकारको निर्णय लगत्तै सशस्त्रका पाँच एआइजीको संयुक्त राजीनामा

Author Image
शुक्रवार, असार २२, २०७५

काठमाडौं,

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका निर्णय बदर हुने भएपछि सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले संयुक्त राजीनामा दिएका छन्।

निर्णय खारेज हुने सम्भावना बढेपछि बिहीबार सशस्त्रका फाजिल एआइजीहरू क्रमश: जानकीराम भट्टराई, निराक्रमबिक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले संयुक्त राजीनामा दिएका हुन्।

उनीहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनीहरू २०७४ माघ १५ गते डिआइजीबाट एअाइजीमा बढुवा भएका थिए। आफूहरू पुरानो पद डिआइजीमै फर्केर सेवामा रहेर काम गर्न आफ्नो नैतिकबल नहुने भएको जनाउँदै उनीहरूले नैतिकताका आधारमा राजीनामा दिएको बुझिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन भइसकेको मितिलाई आधार मान्दै २०७४ भदौपछि तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्ति तथा दीर्घकालीन प्रभाव पार्ने खालका निर्णय  खारेज गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर