Aamsanchar

झापाको कन्काई पुल जिर्ण बन्दै,खाल्डोका कारण दुर्घटनाको उच्च जोखिम

Author Image
आइतवार, असार २४, २०७५

भरत शिवाकोटी/झापा

नेपाल अधिराज्यभर दर्जनौं पुलहरू विभिन्न दातृ रास्ट्रहरुको एकल सहयोग तथा नेपालको समेत संयुक्त लगानीमा निर्माण भएका छन । दर्जनौं पुलहरू भने निर्माण भएको धेरै वर्षहरु बितिसकेको छ भने कति पुलहरू त जिर्ण अवस्थामा समेत परिणत हुँदै गएका छन ।

धेरै पुलहरू पुनर्निर्माण गरिनुपर्ने अवस्थामा नै पुगेका छन तर त्यस्ता पुलहरुको कालोपत्रेलाई माथिबाट टालटुल गरेर काम चलाउदै जाने परम्पराले हिजोदेखि आज सम्म निरन्तरता पाएकै छ । यो दिर्घकालिन समाधान नभएपनि अल्पकालीन समाधानले यात्रुहरु तथा सवारी साधनले खासै असुविधा र जोखिम उठाउन भने पर्दैन ।

तर झापाको मात्र नभई नेपालकै लामो पुल भनेर चिनिने तथा धार्मिक दृष्टिकोणले विभिन्न पुजा आरधाना एवं मनोकांक्षा पुरा हुने विश्वास बोकेका सयौं भक्तजनहरुको दिनहुँ घुइचो रहने महेन्द्र राजमार्गमा पर्ने कन्काई माइको पुलमा दर्जनौं खाल्डाहरु भएपनि सरोकारवाला पक्षबाट त्यसको अल्पकालीन समाधान समेत हुन सकेको छैन ।

हप्तौं देखि कालोपत्रे भत्किदै चोइटिएर जाँदा दिनहुँ खाल्डाहरुको आकार ठुलो हुँदै गएको छ भने ठाउँ-ठाउँमा त पुलमा बिछ्याएको रडहरु समेत निस्कन थालेको छ । साँघुरो पुलमा यस्ता खाल्डाहरु हुदाँ सवारी साधन चलाउने सवारी चालकहरुले निक्कै धेरै समस्या महशुस गरेका छन ।

केरखा बाट दिनहुँ सानो सवारी लिएर डाँगिबारी जाने एक शिक्षिकाले भनिन- ठुला सवारीहरू क्रस हुँदा पुल साँघुरो भएका कारण अधिकांश साना सवारी साधनहरु खाल्डामा नै जाकिनुपर्छ र दुर्घटना हुने सम्भावना अधिकतम हुन्छ । माइधार बाट आफ्नो व्यवसाय संचालन गर्न सानो सवारीमा दिनहुँ आउने एक व्यवसायीले भने- खाल्डा निक्कै बढेर गएका छन, यदि यहि अवस्था अरु एक दुइ महिना रहे सयौं साना सवारी साधनहरुको सास्ती हुने छ सँगै दुर्घटनाको खबर समेत सुन्न पर्नेछ ।

बर्षायाम सँगै बेला बेला भएको भारी/सामान्य बर्षाका कारण खाल्डाहरुमा जम्ने पानीले समेत खाल्डाहरुको आकारमा वृददी हुँदै गएको छ भने कालोपत्रेका टुक्राहरु पुलका किनारामा प्रसस्त मात्रामा रहेका छन । यो समस्यालाई सरोकारवालाले तदारुपताका साथ शिघ्र रुपमा समाधान नगरे अरु जिर्णता बढेर त जाने नै छ सँगै दुर्घटनाको उच्च जोखिम समेत हुनेछ |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर