Aamsanchar

प्रधानमन्त्री ओली दोस्रो पटक झापा आउँदै, सुरक्षा ब्यवस्था कडा

Author Image
मङ्गलवार, भदौ ५, २०७५

विष्णुप्रसाद पोखरेल / दमक,

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफु प्रधानमन्त्री भएपश्चात दोश्रो पटक झापा आउने निश्चित भएको छ । कार्यब्यस्तताका कारण उनि आफ्नो गृह जिल्ला आउन सकेका थिएनन् ।

झापाको कमल गाँउपालिका वडा नं.५ र ६ को सिमनामा रहेको प्रदेशस्तरीय आयुर्बेदिक अस्पताल भवनको शिलन्यासका लागि उनि यहाँ आउन लागेको बताईएको छ । प्रधामन्त्रीका स्वकीय सचिवालयका सदस्य होमबहादुर थापाले प्रधानमन्त्री ओली आउने निश्चित बनेको बताए ।

मंगलवार बिराटनगर आउन लागेका ओली भोलिपल्ट बिहान गृह नगर दमक आउनेछन् । उनको पहिलो कार्यक्रम कमल गाँउपालिका साविक लखनपुरमा रहेको आयुर्बेदिक अस्पतालको भवन शिलन्यास गर्नेछन् ।

त्यसपछि उनि गौरादहमा जाने बताईएको छ । गौरादहमा कार्यकर्ताहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ । अन्य कार्यक्रमहरु भने सार्वजनिक गरिएको छैन ।

यसैबीच प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षा ब्यवस्था कडा बनाइन थालेको छ । एक दिन झापा रहने भएकाले दिनभर सुरक्षा ब्यवस्था कडा हुने बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर