काठमाडौं,
बौद्धबाटमात्रै दशैँको अवधिमा प्रहरीले ४५ जना जुवाडेलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले तीनलाख भन्दा बढी नगद रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए।
दशैँअघि महानगरीय प्रहरी परिसरले बौद्ध नजिकै मुलपानीबाट समेत २० जना भन्दा बढी जुवाडेलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्ने क्रममा ३२ वर्षीय सरोज घले र सिन्धुपाल्चोकका ४३ वर्षीय सोमलाल तामाङको ज्यान समेत गएको थियो।
तत्कालिन बौद्धका डिएसपी श्याम राईकै मिलेमतोमा बौद्ध क्षेत्रमा जुवा संचालन हुने गरेको आरोप उनीमाथी थियो। असोज २० मा बालुवा तस्करीहरूसँग घुस लिँदैगर्दा राई पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयले उनको ठाउमा नरेन्द्र चन्दलाई पठाएको थियो।-थाहाखबरबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 114