Aamsanchar

बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने

Author Image
बिहिवार, माघ १७, २०७५

भद्रपुर, 

झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ ।

उक्त पुस्तकालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले रु एक लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताउनुभएको हो ।

विसं २०५५ मा स्थापित उक्त यसअघि पुस्तकालयलाई सहयोगार्थ छ जनाले रु ५० हजार सहयोग गरेका थिए ।

गायिका आस्था राउत, राजेशपायल राईलगायतले कैदीबन्दीलाई उत्प्रेरणा प्रदान गर्ने खालका गीत गाएका सो कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने एक दर्जन बढी व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)