Aamsanchar

अर्जुनधारा नगरपालिकाले लगाएकोे खोला ठेक्कामा स्थानियको अवरोध

Author Image
बिहिवार, माघ १७, २०७५

केशवराज भण्डारी/ झापा ।

झापाको अर्जुनधारा नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानियवासीले अवरोध गरेका छन ।

विगत वर्षहरुमा जिल्ला विकास समिती मार्फत लगाउदै आएको ठेक्का यस वर्ष भने अर्जुनधारा नगरपालिकावाटै लगाएको छ । टाङटिङ, विरिङ, गोयाङ र ठुलो नेते खोला वार्षिक २ करोड ६१ लाख रकममा एसयुएस कम्पनिलाई ठेक्का लगाएको छ ।

स्थानिय वासिले खोलामा मनपरि ढंग उत्खनमा स्काभेटर प्रयोग गरेर ढुंगा गिटी र वालुवा उत्खनन गरेको भन्दै अवरोध गरेका स्थानियहरु आफुले भने अनाधिकृत रुपमा उत्खनन गरिरहेको पाइएको छ । उता उत्खननमा सहभागि स्थानियहरु खोला गहिरिएर नहर, पैनी, इनार सुकेको गुनासो लिएर नगरपालिकामा आएका छन भने खोलाको स्थलगत निरिक्षणमा भने तिनै नागरिकहरु नगरले आइ ई गराएर उत्खननका लागि निषेध गराएका क्षेत्रमै मापदण्ड विपरित खोला गहिरिने गरि दोहन गरिरहेको भेटिएको छ ।

अर्जुनधारा नगरपालिकाका जन प्रतिनिधी, स्थानिय सरोकार वाला निकाय, राजनितिक दलका अगुवाहरु, सञ्चारकर्मी सहितको टोलिले स्थलगत निरिक्षण गरेको समयमा टाङटिङ खोलाको सिर देखि तिर सम्मै स्यानियहरु तछाड मछाड गर्दै खोला दहन गरिरहेको भेटिएको छ । खोलामै छाप्रो लगाएर दोकान समेत थापि खोला दोहन गरिरहेका नागरिकहरु राष्ट्रपती चुरे संरक्षण क्षेत्र जहाँ कुनै पनि मौसममा खोला उत्खनन गर्न पाइदैन त्यस्ता क्षेत्रहरुमा समेत अनाधिकृत रुपमा खोला दहन गरिरहेका भेटिएका छन । त्यति मात्र होइन खोला उत्खननका लागि निषेधित क्षेत्रमा ५ वटा टिफर र एउटा स्काभेटर उत्खननको तयारिमा रहेको पाए पछि प्रसासनको जिम्मा लगाइएको थियो ।

स्थानिय नागरिकहरुले अनाधिकृत रुपमा खोला दोहन गरेर आय आर्जन गरिरहेका छन भने उता ठेकेदार कम्पनि भने नगरपालिकालाई चौविस घण्टे अल्टिमेटम दिएर उत्खननको लागि वातावरण वनाइदिन नगर सँग आग्रह गरिरहेको छ । अर्जुनधारा नगरपालिकाले भु गर्भविधको सहयोगमा खोला उत्खननका लागि आइ इ प्रतिवेदन तयार गरि उत्खननका लागि योग्य ठउँ, लम्वाई, गहिराई लगायतका मापदण्ड वनाएर खोला विच वाट च्यानलाइज हुने गरी, खण्ड खण्ड गरेर ठेक्का लगाएको छ ।

प्रतिवेदन अनुसार वनेको मापदण्ड अनुरुप उत्खनन भए वाढिको जोखिम कम हुने देखिन्छ भने इनार कल सुक्ने समस्या पनि विस्तारै निराकरण हुने देखिएको छ । नगरपालिकाले ठेक्का वाट आएको रकमको ३० प्रतिसत रकम भने खोला क्षेत्रमै प्रयोग गर्ने जनाइसकेको छ । खोलामा पानिको सतह गहिरिन नदिनका लागि सुख्खा ग्रस्त क्षेत्रमा खोला विचमा चेक ड्याम निर्माण गरी पानि माथि निकाल्ने विधि अपनाउनका लागि संघ र प्रदेश वाट वजेट माग गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)