Aamsanchar

मोटरसाइकल रोक्न खोज्दा ट्राफिक प्रहरी घाइते

Author Image
बिहिवार, माघ १७, २०७५

विराटनगर ।

मोरङमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते भएका छन् । बिहीबार जिल्लाको उर्लाबारी नगरपालिका ५ मा विना हेल्मेट चलाइएको मोटरसाइकलले ठक्‍कर दिंदा ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई) गणेश श्रेष्ठ घाइते भएका हुन् ।

विना हेल्मेट तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आइरहेको २० प ६६३२ नम्बरको मोटरसाइकल रोक्न खोज्दा अस्थायी ट्राफिक प्रहरी पोष्ट उर्लाबारीका इन्चार्ज रहेका श्रेष्ठ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परेर घाइते भएका श्रेष्ठको नाकको हड्डी भाँचिएको र न्युरो अस्पताल विराटनगरमा अहिले उनको उपचार भइरहेको छ।

असई श्रेष्ठको अनुहारमा पनि चोट लागेको छ । प्रहरीले मोटरसाइकल चालकलार्इ नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)