Aamsanchar

अर्ग्यानिक खाद्य सामाग्रीका स्टलहरुमा उपभोक्ताको सर्वाधिक चासो

Author Image
बिहिवार, माघ १७, २०७५

झापा ।

विर्तामोड अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा राखिएका अर्ग्यानिक खाद्य सामाग्रीका स्टलहरुमा उपभोक्ताको सर्वा्धिक चासो पाइएको छ ।

स्थानीय स्तरमा उत्पादित चिया ,अचार ,किवि ,जुश देखि लिएर दुग्ध परिकारका अर्ग्यानिक उत्पादनमा महोत्सव का अवलोकनकर्ता को चासो देखिएको हो ।

बिहिबार अपरान्ह महोत्सव स्थलमा भेटिएका धुलाबारीका फडिन्द्र खतिवडाले शुक्रवार पनि परिवार सहित मेला घुम्न आउने प्रतिक्रिया दिएका छन् ।

बुधबारेका ध्रुव कोइरालाले सवै उपभोग्य सामाग्री एउटै छातामुनि पाउदा उपभोक्तालाई सहज भएको बताए ।
इलामको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधनले राखेको स्टलमा अर्ग्यानिक चियाका फाइदा वारे परामर्श समेत दिइदै आएको छ ।

यस्तै तेरथुम बाट सम्झना शाहीले ठकुरी दुग्ध उत्पादनका परिकार स्टलमा सजाएकी छन् । दैनिक उपभोग्य सामाग्रीको खरिदमा गृहिणीहरुको ध्यान केन्द्रित हुने गरेको चेतना व्यन्जन मशला उद्योग घैलाडुब्बाकि मनिका आचार्यले वताएकी छन् ।
माघ २३ सम्म संचालन हुने महोत्सव मा खाद्य सामाग्री मात्र होइन थाल बटुका समेत प्रदुषण रहित र अर्ग्यानिक पाइने उद्योगि व्यवसायीले जनाएका छन् ।

शुद्ध र सफा सुपारीको पात बाट वनेको थाल बटुका पाइने महोत्सवमा सुपारी खेति र अलैची खेतीका वारेमा परामर्श समेत दिइदै आएको छ ।

सुपारी खेति रोजौ ,आर्थिक समृद्धि हासिल गरौ भन्ने नाराका साथ् महोत्सव मा स्टल राखिएको प्रधानमन्त्रि कृषि परियोजना सुपारी जोनका अध्यक्ष शेखरनाथ अधिकारीले बताए ।

G P S ट्र्या्किङ्ग सिस्टम

नेपाल सहित भारत ,पाकिस्तान र बंगलादेश का उत्पादन को अवलोकन र किनमेल गर्न पाइने महोत्सव स्थलमा न् ए क् ट्र्या्किङ्ग सिस्टम का बारेमा पनि परामर्श दिइदै आएको छ ।

यो डिभाइस मोबाइलमा हेर्न सकिने , आफ्नो सवारी साधन र यात्रुका बारेमा इन्टरनेट मार्फत स्थिति पत्ता लगाउने अत्याधुनिक प्रविधि हो ।

सप्लायर्स इन्टर्नेशनल प्रा लि ले बजारमा ल्याएको यो प्रबिधि झापाकै चार वटा स्थानिय तहका सवारी साधनमा जडान गरिसकिएको स्टलका संचालक सागर रिजालले जानकारी दिएका छन् ।

निशुल्क स्वास्थ्य परिक्षण

महोत्सव अवधिभर निशुल्क स्वास्थ्य परिक्षण र औषधि प्रदान गर्दै आएको स्वास्थ्य उपसमितीले बिहिबार निशुल्क आखा परिक्षण संयोजन गरेको छ ।
मेची आखा अस्पतालको प्राबिधिक सहयोगमा महोत्सवमा अवलोकन गर्न आएका सर्वसाधारणले सेवा लिएका थिए ।
शुक्रवार फिजिसियन र महिला रोग विशेषज्ञले निशुल्क सेवा दिने उपसमिती संयोजक गौरी शंकर गुप्ताले जानकारी दिएका छन् ।
महोत्सव स्थलमा प्रत्येक साझ राष्ट्रिय कलाकारहरुले बेजोड सांगितीक प्रस्तुति दिदै आएका छन् ।
अपरान्ह विभिन्न विद्यालय र सास्कृतिक समुहले सांगितीक खुराक दिदै आएका छन् भने बिहिबार साझ चर्चित गायक प्रमोद खरेलले मनोरंजन दिने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)