Aamsanchar

चार थान चाँदीका दियो चोरी

Author Image
शुक्रवार, माघ १८, २०७५

हुम्ला,

हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको देवी भवानीको मन्दिरमा चार थान दियो चोरी भएको छ ।

गाउँपालिका–५ खर्पेलगाउँमा बुधबार राति अज्ञात समूहबाट देवी भवानीको मन्दिरबाट चार थान चाँदीका दियो चोरी भएको याङ्चु प्रहरीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो । बुधबार राति चोरी भएका चार थान चाँदीका दियो १२ तोलाको रहेको अनुमान गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा चोरले मूर्ति र घण्टा छरपष्ट बनाएको पनि जानाकारी प्राप्त भएको छ । मन्दिरबाट पुरातात्विक सामानसमेत चोरी भएको हुनसक्ने त्यस क्षेत्रका स्थानीयले अनुमान गरेका छन् ।

पुराना सामग्री के कति थिए भन्नेबारे कुनै यकिन नहुँदा चोरले अन्य के कति चोरी गर्यो थाहा नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बिहीबार याङ्चु प्रहरी चौकीको टोलीले घटनास्थल पुगी मुचुल्का गरेको थियो ।

मन्दिरका सामान चोरी गर्नेलाई जिल्ला बाहिर जान नदिने र चाँडै चोर पत्ता लगाई कारवाही गर्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)