Aamsanchar

दुई दशकदेखि नाङ्लोमा व्यापार

Author Image
शुक्रवार, माघ १८, २०७५

नरेन्द्र ढकाल/ काँकरभिट्टा।

‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड’ यो नेपाली उखान ठ्याक्कै मिलेको छ । नेपालमा प्रशस्त जडिबुटीहरु पाइन्छन् । तर, ती जडिबुटीको संरक्षणका लागि सरकारले चोसो नदिँदा वनजंगलमै सुकेर गएका छन् । नेपालमा पाइने जडिबुटीहरुको संकलन गरी बिक्री गर्न सके नेपालले आर्थिक रुपमा ठूलो फड्को मार्न सक्छ ।

नेपालका वनजंगलमा पाइने जडिबुटी त्यत्तिकै खेर गाएका छन् भने चोरी निकासी गरी विदेशमा बिक्री हुने गरेका छन् । तर, सरकारले त्यस्ता बहुमल्य जडिबुटीको संरक्षणका लागि चासो देखाएको छैन । नेपालका वनजंगलमा पाइने जडिबुटीहरु यार्सागुम्बा, बदर गाते, गाईखुट्टे, दरौ, कुरिलो, पिप्ला, मरासी, सुप, निमपत्ता, बुदो, आकाशे बेली, विखमा, पाँचऔले, ठूलो ओखती, पाखनवेद, माझीफल लगायतका जडिबुटिको विक्रीबाट मनग्य आम्दानी गर्दै आएकी छन् संखुवासभाकी किङ्सन भोटे । महिलालाई चुलोचौकोमा मात्र सिमित हुने बताइएपछि पछिल्लो समय महिलाहरु पनि ब्यपार ब्यवसायमा आवद्ध हुनेक्रम बढ्दै गएको छ ।

भोटेले विगत २० वर्षदेखि झापाका विभिन्न स्थानमा जडिबुटीहरु बिक्री गर्दै आएकी छन् । पछिल्लो समय पूर्वीनाका काँकरभिट्टामा रहेको पिपलको रुखमुनी बसेर ब्यापार गर्दै आएकी किङ्सन भन्छिन्– ‘जडिबुटी बेचेरै परिवार पालेका छौं, छोरीलार्ई शिक्षादिक्षा पनि दिएका छौं । उनले यी जडिबुटी जंगलगमा खेरा गएको बताउँदै त्यसको महत्व सरकारले नवुझेको समेत बताइन् । यस्ता जडिबुटीले गानोगोला, ग्याष्ट्रिक ढाड दुख्ने, महिलामा हुने प्रसूति, वाथ, सुगर लगायतका धेरै रोग निको हुने भएकाले जडिबुटी बिक्री हुने गरेको किङ्सनको भनाई छ ।

उच्च पहाडी तथा हिमाली जिल्लामा जडिबुटीहरु प्रसस्त मात्रामा पाइने भनेकाले त्यहाँबाट ल्याएर तराईका जिल्लाहरुमा आफूहरुले बिक्रीवितरण गर्दै आएको उनले बताइन् । विभिन्न रासायनिक पदार्थ प्रयोगबाट उत्पादन भएको खानाबाट उत्पन्न भएका रोगहरु ग्याष्ट्रीक, पेट दुख्ने लगायतका रोगका लागि जडिबुटी औषधि प्रभावकारी बनिरहेको उनले बताइन् । दैनिक १५ सय रुपैयाँ बराबरको जडिबुटीहरु बिक्री हुने गरेको उनको अनुभव रहेको छ ।

संखुवासभा जिल्ला तथा अन्य जिल्लाका जंगलबाट संकलन गरेर ल्याएको जडिबुटी अहिले नेपालको विभिन्न जिल्लाका गाउँ शहरमा बिक्री भइरहेका छन् । प्रायः सबै औषधि आफै खोज्ने र आफूले नभेटेका औषधि आफूले खरिद गर्ने ल्याउने उनको भनाई छ । आफूले लिएर आएको औषधि बिक्री गरेर सकिएपछि श्रीमान्लाई जडिबुटी लिन पठाउने गरेको किङ्सनको भनाई छ । जडिबुटीहरुमा पछिल्लो समय युवापुस्ताहरुको समेत आकर्षण बढ्दै गएको काँकरभिट्टामा जडिबुटी बेच्न ब्यस्त रहेका पेम्बा भोटेले बताए । उनले भने– ‘औषधि चिन्न सकेमा हाम्रै देशमा सञ्जिवनी बुटी छ । विदेशी औषधि चर्को मूल्यमा किनेर खानुभन्दा आफ्नै घर–जंगलको औषधिले स्वास्थ्यलाई ठिक गर्छ ।’

जडिबुटी व्यवसाय झट्ट हेर्दा सहज देखिए पनि वास्तवमा यो कष्टकर रहेको उनीहरुको अनुभव रहेको छ । सहज रुपमा औषधि नपाउनु, पाएको औषधिको मूल्य आफूले बेच्नेभन्दा महँगो हुनु र दुर्गम क्षेत्रबाट जडीबुटी आयात गर्न सडक नहँुदा अझ धेरै झन्झटीलो रहेको उनको गुनासो छ । पहिले आफ्नै जंगलमा पाउने जडिबुटी प्रयोग गर्न हिचकिचाउने मानिसहरु अहिले जडिबुटीले प्रभावकारी काम गर्न थालेपछि अहिले मानिसहरु आकर्षित हुने गरेका छन् ।

नेपालकै जडिबुटीलाई पाथमिकता दिने हो भने सबै रोगको लागि जडिबुटीले काम गर्ने उनीहरुको भनाई छ । संखुवासभा लगायतका जिल्लाबाट समूह बाँधेर तराई झर्ने गरेका भोटेहरुले झापाका विभिन्न स्थानमा घर भाडामा लिएर नै ब्यावसायिक रुपमा यसको ब्यापार गर्दै आएका छन् । बर्षाको समयमा तराईमा गर्मी हुने भएको तथा पहाडमा खेतीको सिजन भएकाले घर जाने नत्र अन्य समयमा झापाका विभिन्न शहरहरुमा जडिबुटी बिक्री गर्दै बस्ने गरेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)