Aamsanchar

बुद्धशान्तिमा नेवि संघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

Author Image
शुक्रवार, माघ १८, २०७५

झापा ।

नेपाल विद्यार्थी संघ बुद्धशान्तिले सरकारले गरेको कार्य प्रति असन्तुष्टि जनाउँदैे बिहिबार बुधबारे बजारका २ स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

बुधबारे तल्लो चोकमा पहिलो र बुधबारे बिच चोकमा गरि २ स्थानमा मृत्यु भएको बेला बजाइने शंख सहित ओलीको पुत्ला जलाइएको थियो ।

पुत्ला दहन कार्यक्रममा नेपाली काँग्रेस महा समिति सदस्य खड्ग प्रसाई, नेपाली काँग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा, झापा क्षेत्र नम्बर २ क्षेत्रिय सभापति खगेन्द्र मैनाली, साविक बुधबारे तरुण दल सभापति ध्रुव ढकाल लगायत नेका बुद्धशान्तिका नेता रुद्र चापागाइ, गोविन्द पौडेल नेवि संघ जिल्ला सदस्य भुपेन्द्र थेवे, गोकुल पौडेल नेवि संघ बुद्धशान्ति सभापति नरेस लावती लगायत सिंगो नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, तरुण दल, महिला संघ, नेविसंघका विद्यार्थीनेता को उपस्थिती रहेको थियो ।

छुट्टा छुट्टै ३ कार्यक्रमको उद्घाटन गर्न बिहिबार झापा आएका प्रधानमन्त्रीलाई नेपाल विद्यार्थी संघ झापा जिल्लाको आयोजनमा विभिन्न स्थानहरुमा कालो झन्डा समेत देखाइएको नेपाल विद्यार्थीसंघ जिल्ला सदस्य पौडेलले बताए ।

२ तिहाइ बहुमतको आधारमा सरकारले देशको हित विपरित चिकत्सा विद्येयक पारित गराएको, डा. गोविन्द केसीको मागलाई कार्यन्वन नगरिएको, वाइड बडी प्रकरण काण्डको छानबिन नभएको, निर्मला पन्तको हत्यारा पक्राउन नगरिएको जस्ता विषयलाई लिएर सरकार प्रति असन्तुष्टि जनाएको झापा जिल्ला नेवि संघ सभापति राजेन्द्र उप्रेतीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)