Aamsanchar

सुकेडाँगी वनको २३ औं सभा

Author Image
शुक्रवार, माघ १८, २०७५

सुरुङ्गा ।

सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह कनकाई–२ को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य र सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा वन समूहका अध्यक्ष भक्तबहादुर पौडयालले अध्यक्षको वार्षिक प्रतिवेदन र सहसचिव खिलनाथ गुरागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५२ सालमा स्थापित सो वन समूहमा हाल ६ सय ३१ घरधुरी रहेका छन् भने वन कुल ७ सय ४२ हेक्टरमा फैलिएको छ ।

सो कार्यक्रममा निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, आठौं कार्यसमितिको निर्वाचन गर्ने निर्वाचन समितिका संयोजक घनश्याम मैनाली, सदस्यहरु निर्मल घिमिरे, युवराज नेपाल, सागर कडेंल र लीला थापामगरलाई सम्मान गरिएको थियो ।

त्यसरी नै, ज्येष्ठ मातापिताहरु रामचन्द्र काफ्ले(९४), पदमकुमारी श्रेष्ठ(९२), जमुना पुरी(९१), पूर्णमाया राई(८५), फूलमनि मुर्मु(८०) र राममाया खाती(७०) लाई विशेष सम्मान गरिएको थियो । त्यसै गरी, क्रियाशील कार्यसमिति सदस्य चुवानारायण श्रेष्ठ, संस्थापक सल्लाहकार पदमप्रसाद सेलवाललाई पनि सम्मान गरिएको थियो । वन सुरक्षाकर्मीहरु भगवतीप्रसाद सिग्देल र पदम निरौलालाई नगदसहित सम्मान गरिएको थियो । स्थानीय जानकी आधारभूत विद्यालयका विद्यार्थीहरु सरोजनी हेमरम र रोहन न्यौपानेलाई गरिब तथा जेहेन्दार विद्यार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ कनकाई नगर सचिव मान्ता खरेल, कनकाई नगरपालिका वार्ड नं. २ सदस्यहरु घनश्याम मैनाली र राधिका सेञ्चुरी, जामुनावारी वन समूहका उपाध्यक्ष धननारायण श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. २ का अध्यक्ष परशुराम गिरी, वार्ड नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सब–डिभिजन वन कार्यालय सुरुङ्गाका रेञ्जर राजेश घिमिरे, सुकेडाँगी वन समूहका पूर्व अध्यक्ष गंगाप्रसाद ढूंगेल, कनकाई वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । शारदा सुब्बाको स्वागत मन्तव्य रहेको कार्यक्रम वन समूहकी सचिव उर्मिला चापागाईंले सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)