Aamsanchar

द्वन्द्वका घाइते हाल सफल उद्यमी

Author Image
शनिवार, माघ १९, २०७५

दाङ,

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४२ वर्षीय चन्द्रबहादुर डाँगी व्यावसायिक रूपमा उन्नत जातका गाईपालनमा लागेर छोटो समयमै एक सफल उद्यमी बन्नुभएको छ ।

आफ्नो परिवारका तीन सदस्यसहित विगत तीन वर्षदेखि गाईपालनमा संलग्न उहाँले स्थानीय अन्य दुईलाई आंशिक रोजगारी पनि दिनुभएको छ ।

यो पेशाबाट सन्तुष्ट रहनुभएका डाँगी भन्नुहुन्छ, “वार्षिक करीब रु आठ लाख बचत गर्न सफल भएको छु, यसमै सन्तोष मान्नुपर्छ ।”नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकसम्म हुनुभएका उहाँको उहाँको दिनचर्या मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ ।

विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा रहँदा नेकपा माओवादीले थापेको एम्बुसमा परी आफू घाइते भएको र सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएकाले विसं २०५९ मा सेवानिवृत्त भएको उहाँ बताउनुहुन्छ

बसाइँ सेरेर दाङको तुलसीपुर आउनुभएका डाँगीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल सञ्चालन गर्दा बढी घाटा व्यहोर्नुपरेकाले त्यसपछि एक स्थानीय सहकारीमा गरेको थिएँ भन्नुहुन्छ । सहकारीमा रहँदा आफूले गाई पालनबारे राम्रोसँग जानकारी पाएकाले विसं २०७२ देखि साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालनको शुरुआत गरेको उहाँको भनाई छ ।

शुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमीन वार्षिक रु १२ हजारमा भाडामा लिई रु एक लाख लगानी गरेर एउटा जर्सी गाईबाट सेवा शुरु गर्नुभएका डाँगीकहाँ अहिले चारा जर्सी, दश होलेस्टन, एउटा शाहीवाल जातका गरी जम्मा १५ गाई र १० बाच्छाबाच्छी छन् ।

एउटा जर्सी गाईको मुल्य रु एक लाख, होलेस्टन जातको गाईको मूल्य रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजार पर्ने उहाँ बताउनुहुन्छ । अहिले दैनिक ७० देखि ८० लिटर दूध स्थानीय तुलसीपुरका दुग्ध उद्योगमा बिक्री हुन्छ भने भने केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लिने गरेका उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)