Aamsanchar

पहाडी भूभागमा बदलीको सम्भावना, अन्य ठाउँकाे माैसम सफा रहने माैसमविदकाे अनुमान

Author Image
शुक्रवार, चैत २९, २०७५

काठमाण्डौ

शुक्रबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै ठाउँको मौसम सफा छ । स्थानीय वायुको प्रभावले केही ठाउँको मौसम भने आशिंक बदली भएको छ । शुक्रबार दिउँसोपछि पहाडी क्षेत्रको मौसम बदली भई एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना भए पनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले अनुमान गरेका छन् ।

अबको एकदुई दिन पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भए पनि अन्य ठाउँको मौसम सफा रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर