Aamsanchar

आँप किन्दा ध्यान दिउँ, नत्र परिन्छ समस्यामा

Author Image
सोमवार, असार २, २०७६

विनोद पाण्डे

चारपाने, असार २ । ताजा र विषाधी रहित आप पाउने तराईका जिल्ला सिराह, सप्तहरीमा आजभोली विधाषी युक्त आँपले उपभोक्तालाई त्रसित बनाएको छ । त्यसैगरी सुनसरी, मोरङ र झापामा पनि विषाधी आँप खुलेआम बिक्री भईरहेको पाईएको छ ।

फलफूलको राजा मानिने र पोसिलो आँपमा मानव स्वास्थको लागि घातक विषाधी कार्बाइड हालेर पकाइएका आँप बिक्री हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । स्थानिय आँप हो भन्दै तराईका बजारमा बढी नाफा कमाउन व्यापारीले खुलेआम भारतवाट ल्याइृएको आँप कार्बाइड हालेर बेच्ने गरेकाले उपभोक्ताको स्वास्थ्य माथि खेलबाड भएकोे सरोकारवालाहरु बताउँछन् ।
केही दिन अघी इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा अनुगमन टोलीेले ईटहरीमा संचालित रामनारायण फ्रुट सेन्टर लगायतका पसलबाट ४० कार्टुन आप विषाधी भएको प्रमाणित गरि जफत गरेको थियो । २०२३, नियमावली २०२७ को नियम १९ (घ)ले नेपालमा प्रतिवन्धित गरेको कार्बाइड प्रयोग भएको आँप धरानमा १५ टनको परिणामा केहीदिन अगाडी जफत गरिएको समाचार बाहिर आएको थियो ।

कार्बाइड प्रयोग गरेर पकाईएको आँप हेर्दा पहेंलो, लोभलाग्दो, आकर्षक देखिने भए पनि मानव स्वास्थ्यको लागि अत्यन्त घातक हुने खाद्यय विज्ञ केपी लम्साल बताउछन । कार्बाइड प्रयोग गरेको कुनैपनी फलफूल खाँदा पाचन प्रणाली, आखाँ, छालामा पनि असर गर्ने लम्सालले बताए । भारतको विभिन्न स्थानबाट आयात गरिएको विषाधी युक्त आँप अहिले नेपालको पूर्वदेखी पस्चिमका चोक बजारमा भेटिन्छ, अझ झापा लगायतका प्रदेश १ का जिल्लाहरुमा बढी बिक्रीका लागि राखिएको छ । नेपालको सिराह, सप्तरीको आँप धेरै राम्रो हुनेभएकोले सो क्षेत्रबाट आउने आँप भनेर व्यापारीले ढाटेर बिक्री गर्ने गरेको गुनासो सुनिन्छ । यस बर्ष नेपालको आँप बजारमा आईसकेकै छैन । उत्पादन पनि यस पटक अत्यन्त कम भएको छ । रहेको आँप पनि असारको दोस्रो हप्तामा मात्र बजारमा ल्याउने गर्छन स्थानिय व्यापारीले ।

यस्तो हुन्छ असर
टर्कीको एर्रियस विश्वविद्यालयमा सन् २००५ मा गरिएको अध्ययनअनुसार कार्बाइड केमिकल कार्सिनोजेनिक भएकाले यसलाई प्रयोग गरेर पकाइएको फलफूल खाए क्यान्सर लाग्ने सम्भावना अधिक रहने विश्वविद्यालयमा डाक्टरहरुले प्रमाणित गरिसकेका छन् ।
कार्बाइडप्रयोग भएको फलफुल खाँदा वान्ता हुने, पखाला, मासी, तिर्खा लाग्ने, कमजोरी, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, घाँटी खसखसाउने, आँखा चिलाउने र टट्याउने, छाला चिलाउने र फुस्रो हुनेजस्ता शारीरिक समस्या पनि आउन सक्ने हुन्छ । युवा वैज्ञानिक रामचन्द्र अधिकारी भन्छन ‘यसको यौगिक क्याल्सियम कार्बाइड हो । यसमा आर्से्निक र फोस्फोरस पनि हुन्छ ।’ वैज्ञानिक अधिकारीका अनुसार कार्बाइड हालेर पकाएको आँप खाए गर्भवतीको बच्चा तुहिने, बच्चा अपांग जन्मिने वा बच्चा महिना नपुगी जन्मिनेजस्तो खतरा उत्पन्न हुन्छ ।यस्तो फलको उपभोगबाट आँखाको शक्ति स्थायी रूपमा गुम्नसक्छ । खोकी लाग्ने, मुखमा फिँज आउने, श्वासप्रश्वासको दर छिटो हुने, फोक्सोमा पानी जम्ने, आमाशयमा असर र पेप्टिक अल्सर हुने रोग पनि लाग्न सक्छन् ।

विषधी प्रयोग भएको फलफुल सेवन गर्नबाट बच्ने उपाए ।
काँचै किनेर आफैँ पकाउनु राम्रो उपाय हो । बिक्रीका लागि राखिएका कुन आँप वा केरामा कार्बाइड प्रयोग गरिएको छ–छैन भनेर सर्वसाधारणले छुट्याउन सक्दैनन् । कार्बाइड प्रयोग गरिएका फलफूलको बोक्रामा प्रायः सेतो र टाटेपाटे रङ देखिन्छ । तर, पसलेले मेहनत गरेर पुछेर फलफूल बेच्न राख्ने हुँदा यस्तो टाटा पनि देख्न सकिन्न । अर्कातिर कुनै पसलेले पनि आफूले बेच्ने फलफूलमा कार्बाइड प्रयोग गरेको स्वीकार गर्दैनन् । त्यसैले काँचै आँप वा केरा किनेर घरमा पकाएर खानु सबैभन्दा फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर