Aamsanchar

नेपाल दुरसंचारले निलम्बित कम्पनीलाई ठेक्का दियो

Author Image
आइतवार, असार २२, २०७६

नेपाल दुरसञ्चार प्राधिकरणले ७८ करोड लागत भएको मोबाइल डिभाइस म्यानेजमैन्ट सिस्टम प्रणाली स्थापना गर्न विवादित मलेसियन कम्पनीसँग सम्झौता गरेको छ । प्राधिकरण र मलेसियाली कम्पनी न्युमेरा जेभीबीच बिहीबार सम्झौता गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

मलेसियाली कम्पनी न्युमेरा आफ्नै देशमा यस्तै खालको प्रणालीको तथ्यांक सुरक्षा गर्न नसकेको भन्दै विवादीत छ । प्राधिकरणले एमडीएमएस खरिद प्रक्रिया सुरु गर्दा मलेसियाको यो कम्पनी आफ्नै सरकारी निकायले निलम्बन गरेको भन्दै मुद्दा प्रक्रियामा थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर