Aamsanchar

बाढीले हाइड्रो पावर बगायो, २ जनाको शव फेला

Author Image
बुधवार, साउन ८, २०७६

प्रतिकात्मक तस्वीर

लमजुङ । निरन्तर अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

अहिलेसम्म दुई जनाको शव भेटिएको छ । अरु केके भयो भन्ने विस्तृत जानकारी प्राप्त भइसकेको छैन । घट्नास्थल नजिक भनिएको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले घटनाबारे सबै विवरण आइनसकेको जनाए । दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन छ ।

यता, लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५-२० सम्पर्कविहीन छन् । त्यस्तै, हाइड्रोपावरको उपकरणहरु मा ठूलो क्षति पुगेको उनको भनाई छ ।

सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर