Aamsanchar

ओढारमा लुकाई राखिएको १६ किलो पहेलो धातु बरामद

Author Image
बिहिवार, साउन ९, २०७६

नरेन्द्र ढकाल

गोरखा, साउन ९ गते ।

उत्तरी गोरखाको खोर्लाबेसीबाट प्रहरीले ठूलो परिमाणमा अबैद्य सुन बरामद गरेको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओढारमुनी लुकाएर राखेको अबस्थामा करिब १६ किलो सुन फेला परेको स्थानीयले बताएका छन् ।

तर प्रहरीले औपचारीक पुष्टि गरिसकेको छैन् । ‘हामीले ठूलो परिमाण सुन जस्तो देखिने धातु भेटाएका छौं’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० ओमप्रसाद अधिकारीले भने ‘सँगै एउटा मान्छे पनि समातिएको छ, उसलाई सदरमुकाम ल्याएपछि सबै कुरा थाहा हुन्छ ।’ प्रयोगशालामा परीक्षण गरेपछि मात्र सुन हो या होइन भन्ने एकिन हुने उहाँले बताउनुभयो । कति परिणाम पनि तौल लिएपछि मात्र प्रष्ट हुने एसएसपी अधिकारीको भनाई छ ।

गत असार ११ गते उत्तरी गोरखाका खच्चड व्यवसायी धनकमल गुरुङ रहस्यमय ढङ्गले बेपत्ता भएपछि प्रहरी सुन तस्करी भएको आशंकामा खोज तथा अनुसान्धान सुरु गरेको थियो । चीनबाट खच्चडमा सामान लिएर आउँदै गरेका गुरुङले सुन ल्याएको आशंकामा लुटेरा समूहले आक्रमण गरेपछि धनकमल वेपत्ता हुन सक्न अनुमान गरिएको छ । आफू अपहरणमा परेको भनेर परिवारमा खबर गरेपछि उहाँका छोराले बुबालाई खोजिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो ।

प्रहरीले बुधबार धनकमलाई काठमाडौँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेपछि सुन काण्ड बाहिर आएको हो । प्रहरीले धनकमललाई काठमाडौं बाट खोर्लाबेसीं पु¥याएर ओढारमा लुकाएको सुन बरामद गरेको हो । ‘सबै जानकारी आइसकेपछि हामी पत्रकार सम्मेलन गरी सार्वजानिक गछौं’ एसपी अधिकारीले भने ‘अरु कुरा अनुसन्धानकै क्रममा छ ।’

धनकमलाई आक्रमणको प्रयास गर्ने चार जनालाई प्रहरीले यस अघि नै नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर