Aamsanchar

झापाका जनप्रतिनिधिलाई रोगजारमुखी कार्यक्रम ल्याउन आग्रह

Author Image
शनिवार, साउन १८, २०७६

बिर्तामोड । 

युवाहरु उद्यमशिल बन्नका लागि स्वरोगार बन्नुपर्ने झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
समृद्धिका लागि युवा स्वरोजागर अभियान भन्ने मुल नाराका साथ जिल्ला संमन्व्य समिति, रिटर्नी माईग्रेन्ट जिल्ला कमिटी झापा,विराट सामुदायिक अध्ययन केन्द्र, अभियान नेपाल र नाईट चेस क्लब कांकरभिट्टाले शुक्रबार होटल हेभनमा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले स्वरोगजार बन्नका लागि लगनशिलता र उद्यमशिलता आवश्यक पर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधिहरुले आफुहरु रिटर्नी माईग्रेन्टसंग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगार विभागको तथ्याङ्कमा झापाबाट विदेशीको संख्या उच्च रहेको बताइरहेका बेला विदेशबाट आएका युवाहरुले स्वदेशमा नै रोगार बन्नका उद्यमशिलता आवश्यक रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुलाई रोगजारमुखी कार्यक्रम ल्याउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले देशको समृद्धि नाराले मात्र नआउने भन्दै त्यसका लागि स्वरोगार बन्नु पर्ने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई विकास भनेको बाटो र पुल मात्र नभएको भन्दै साँच्चै परिर्वतन चाहेको भए विद्यालय सुधारको कार्यक्रम ल्याउन सुझाव दिए ।

कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन गरे देशको विकास धेरै टाढा नरहेको विचार ब्यक्त गरे । मानिसको योग्यता र क्षमता अनुसार उसलाई उद्यमशिल बन्न प्रेरित गर्ने हो भने धेरै विकास हुने बताए । उनले अनुदानका कारण यहाँ धेरै मानिस मोट्टाएको भन्दै अनुदान सम्बन्धित वर्ग तथा समुदाय सम्म पुग्न नसकेको विचार ब्यक्त गरे ।

राष्ट्रिय युवा परिषदको पहलमा झापामा मात्रै यो वर्ष १२ वटा उद्यमका कार्यक्रमहरु सञ्चालन हुने र प्रत्येक उद्यमका लागि ५ लाख रुपैंया बजेट छुटियाएको बताए । तर यो रकम क्रमश वर्षेपछिच्छे फिर्ता गर्नुपर्ने र उद्यमशिल बन्नुपर्ने उल्लेख गरे । विदेशबाट फर्किएकाहरुले समय र कामको महत्व बुझेको भन्दै उनीहरुलाई सोही अनुसार काम गर्न सुझाव दिए ।

त्यस्तै जिल्ला समन्व्य समिति झापाका प्रमुख सोम पोर्तेलले सबै स्थानीय तहलाई स्वरोगार तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गरे । उनले झापामा धेरैले उद्यमशिलताका विभिन्न कार्यहरु गरेको भनदै बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले रिटर्नी माईग्रेन्टसंग हातेमालो गर्दै स्वरोजगारका कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए । उनले कनकाईमा कसैलाई उद्यमशिल बन्नका लागि गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज माता तिर्थ औंशी, थानकोटमा मेला
मङ्गलवार, वैशाख २५, २०८१
आमा (कविता)
मङ्गलवार, वैशाख २५, २०८१