Aamsanchar

खर्च विवरण नबुझाएका २८ जना चुनाव लड्न नपाउने

Author Image
आइतवार, साउन १९, २०७६

बैतडी ।

आउँदो मङ्सिर १४ गते बैतडीमा उपनिर्वाचन हुुने भएको छ ।  जिल्लाका तीनवटा स्थानीय तहमा रिक्त रहेका तीनवटा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ ।

दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पुरचौडी नगरपालिकामा आगामी मङ्सिर १४ गते रिक्त रहेका वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने मिति घोषणा भएको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने तीनवटै स्थानीय तहका २८ जना यो निर्वाचनमा उम्मेदवार बनेर चुनाव लड्न नपाउने भएका छन् । आमागी मङ्सिर १४ गते दोगडाकेदार गाउँपालिका वडा नं ४, सुर्नया गाउँपालिकाको वडा नं १ र पुर्चौडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष मानबहादुर विष्टको बिरामी भएर निधन भएको थियो । त्यसैगरी, र  सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कलशकहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । पुरचौडी नगरपालिका वडा नं ४ का वडाअध्यक्ष गौतमप्रसाद भट्टको पनि मोटर साईकल दुर्घटनामा परेर ज्यान गएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पुरचौडी नगरपालिका वडा नं. ४ मा १५ जना उम्मेद्वार मध्ये नौ जनाले मात्रै निर्वाचन कार्यालय बैतडीमा खर्च विवरण बुझाउनु भएको थिए भने ६ जनाले खर्च बुझाउनुभएको छैन ।

दोगडाकेदार गाउँपालिका वडा नं. ४ मा चुनाव लड्ने १९ जना उम्मेद्वार मध्ये चार जनाले मात्रै खर्च विवरण बुझाउनुभएको छ । १५ जनाले भने खर्च विवरण बुझाउनुभएन । त्यसैगरी सुर्नया गाउँपालिका वडा नं. १ मा १७ जना उम्मेद्वार मध्ये सात जनाले मात्रै खर्च विवरण बुझाउनुभयो भने १० जनाले खर्च विवरण नबुझाएकोे जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्याङ्कमा रहेको छ ।

नियम अनुसार उम्मेदवारले ९० दिनभित्र निर्वाचन कार्यालयमा निर्वाचनमा भएको खर्च विवरण बुझाउनुु पर्ने प्रावधान रहेको छ । खर्च विवरण नबुझाउने उम्मेद्वारले ऐन कानुन उल्लंघन गरेको ठहरिने भएकाले उम्मेद्वार बन्न नपाउने व्यवस्था रहेको छ ।

स्थानीय तहको निर्वाचनमा बैतडीका १० वटा स्थानीय तह र ८४ वडाका लागि १६ सय ७६ उम्मेदवार थिए । ती मध्ये ७ सय ८४ जनाले मात्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुभयो । ८ सय ९२ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीका जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फँुयालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)