नेपालको नगदी बाली चिया व्यवसायले उचित दरभाउ र सरकारले सहयोग नगरेको कारण डुब्ने अबस्थामा पुगेको सरोकारवालाहरु बताउँछन ।
झापा र इलामको सोक्तिम र चिलिमकोटबाट प्रत्येक बर्ष सिटिसी चिया ९ करोड केजि भन्दा बढी भारत निकासी हुँदै आएको देखिन्छ भने अर्थोटेक्स चिया झापाको बाहुनडागी ,हल्दिवारी भद्रपुरबाट ४० लाख केजि उत्पादन हुने र निकासी हुँदै आएको देखिन्छ ।
चियाको मुल्यभने ८५ देखि ९० भारु सिटिसी चियाको रहेको छ भने अर्थोटेक्स को भारु १८० पाउने गरेको व्यसायी बताउछन् । चियाको लागत मुल्य भन्दा कममा तयारी चिया बेच्नुपर्ने बाध्यता रहेको व्यसायि बताउँछन ।
चियाको बजार भारत भएकोले पनि व्यसायीहरुले विभिन्न झमेला भोग्नु परेको छ , गुणस्तर चिया नभएको भन्दै इन्डिया चिया बिकास बोडबाट दुख दिने गरेको चिया व्यसाही कृष्ण प्रसाईं बताउछन् ।
झापामा मात्रै ४० हजार भन्दा बढी चिया बगानमा मजदुरले काम गरिरहेका छ्न भने १५ सय जति मजदुर फ्याक्ट्रीमा कार्यरत रहेको पाइन्छ । झापामा मात्र २८ वटा सिटिसी चिया उत्पादन गर्ने मिलहरु रहेका छ्न भने ६ वटा अर्थोटेक्स उत्पादन गर्ने चिया मिल संचालनमा आएको पाइन्छ ।
हाल हरियो चिया पत्ती को मूल्य भने १४ देखि १६ रुपैया सिटिसी पत्ती को रहेको पाईन्छ भने अर्थोटेक्सको हरियो मुल्य २२ देखि २६ रुपैयाँ सम्म किसानले पाउने गरेको देखिन्छ ।
नेपाल सरकारले तयारी चियाको निर्यातमा पुर्ण अनुदान साउन देखि दिने बिजुलीमा लाग्ने डिमान्ड चार्ज ४०५ छुट दिने सहमति उधमि र सरकारको सचिव स्थरिय टोलि बिच भएको र सरकार हाल चियालाई बेवास्ता गर्दै पछि हटेकोले झापाको चिया व्यवसाय धारासायि हुन सक्ने चिया उधमी सुक्र दाहालले बताए ।