Aamsanchar

तपाईले प्रगति गर्न सक्नु भएको छैन ? यि कुरा व्यवहारमा ल्याउनु होस् उन्नती सजिलै हुन्छ

Author Image
शनिवार, कार्तिक ३०, २०७६

एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।”यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ ।हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् (“विचार बाण सरह हुन्छ ।”

जसरी बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले सोचेको प्रत्येक विचारले आफनो कार्य गररै छोड्छ । त्यसको कार्यबाट रोक्न सकिदैन । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ ।त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ ।सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।

सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ 
> स्वास्थ्यमा ध्यान दिने ।नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।

>विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
> खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
> स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
> कसैको इष्र्या र डाहा नगर्ने ।
> आफ्नो काममा नै मस्त हुने ।
> बढि महत्वकांक्षी नहुने ।
> आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
> देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
> आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।

नकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । याद गर्नुहोस, यदि तपाई एकघण्टा सम्म मनमा नकारात्क भाव पैदा गरी अनि आफनो शरीरको अवस्था जाच्नुभयो भने त्यसबेला तपाईको शरीर १२ घण्टा कडा काम गरे भन्दा बेसि थाकेको पाउनुहुन्छ । अब विचार गर्नुहोस,स्वस्थ रहनका लागि सकारात्मक सोचको कति खाँचो पर्दो रहेछ ।मनमा किन नराम्रो विचार आयो रु यो पत्ता लगाउन सकियो भने मनमा राम्रो विचार भर्न सकिन्छ । कुनै पनि अवस्था बाट विचार पैदा हुन्छ । त्यो अवस्थाले नकारात्मक र सकारात्मक प्रभाव पार्छ । विचार भावना ,शारिरीक, लक्षण र ब्यवाहारबाट बाट प्राप्त हुन्छ । जसले सकारात्मक सोच राख्दछ ।उसले कुनै पनि अवस्थालाई सहस्र स्विकार गर्छ त्यस अवस्थाप्रति सन्तुलित रहन्छ । समस्यालाई सानो देखेर आफुलाई त्यसप्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकारात्मक हुने उपाय रहन्छ ।त्यसैले राग, द्धेष, रिस, घृणा र चिन्ता त्यागेर प्रसन्न चित्तमा रहदै सकारात्मक सोचको बिकास गर्न सकियो भने शरीरमा शक्ति,बल,तेज र स्वस्थता प्राप्त हुन्छ ।

महालक्ष्मि आचार्य
साईकोलोजिस्ट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर