Aamsanchar

सौन्दर्य बढाउन सुन्तला प्रभावकारी

Author Image
शुक्रवार, माघ १०, २०७६

काठमाडौँ : सुन्तलामा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ मांसपेसीका लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ । यसमा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ ।

सुन्तलाको सबैभन्दा ठूलो विशेषता यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्ना साथ ऊर्जा दिन थाल्नु हो । सूर्यको किरणद्वारा सुन्तलाको ‘स्टार्च’ सक्खरमा परिवर्तित हुन्छ । यो सक्खर मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि चुस्तता, फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, चुस्तता, स्फूर्ति बढ्छ, छालामा निखार आउछ र सौन्दर्यमा वृद्घि हुन्छ ।

सुन्तलामा भएका रेसा ९फाइबर० ले पेटको सफाइसमेत गर्छ । सुन्तलाको रसमा भने रेसाहरूको कमी हुन्छ त्यसैले सिंगो सुन्तला खानु नै बढी फाइदाकारी हुन्छ । सुन्तलालाई नियमित आहारमा सामेल गर्नाले रुघा–खोकी, रक्तस्रावको समस्या रहँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली ठीक रहन्छ ।सुन्तलामा भएको साइट्रिक एसिड मूत्र र मृगौला रोगलाई हटाउँछ । आयुर्वेद विज्ञानका अनुसार सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । बोक्रालाई पिसेर अनुहारमा लगाउँदा यसले दाग तथा कालोपोतो हट्नुका साथै अनुहारमा चमक आउँछ ।

बालबालिका, बूढापाका तथा रोगीलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदका अनुसार सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुर्याउँछ । यसमा रक्तस्राव रोक्ने क्षमतासमेत रहेको हुन्छ । त्यसैले सुन्तला खानु स्वास्थ्यका लागि मात्र नभएर सुन्दरताका लागि पनि लाभदायक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)