विनोद पाण्डे

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० चमरधाप प्रार्थमिक विद्यालयका ५८ जना विद्यार्थीलाई सहयोग स्वरुप विभिन्न उपभोग्य बस्तु प्रदान गरिएको छ ।
एम ए डब्लु पाउण्डेसन र यामाहा मोटरसाईकलको बिक्रेता सयपत्री ट्रेडलिंक बिर्तामोडको तर्फवाट सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुलाई कापी, पेन्सिल, जुत्ता, मोजा, सुईटर, गलबन्दी, टोपी र ब्याग लगायत गरी १ लाख ७५ हजार बराबरको सामाग्री उपलब्ध गराईएको आयोजकले बताएकोछ ।
२०५४ सालमा स्थापना भएको चमरधाप प्रार्थमिक विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्युन रहेकोछ । अझ २०५७ सालमा त २ जना मात्र विद्यार्थी रहेको थिए भन्दा अचम्म लाग्छ होला, तर यो कुरा त्यस स्कुलको ईतिहासमा सुरक्षित छ । त्यसपछी २०५८ सालमा १ सय २ जना बिद्यार्थी भएका थिए । त्यस पछि पुन क्रमस् विद्यार्थी कम हुदै जानेक्रम निरन्तर रहदै आएको छ । यस बर्ष भने ४९ जना विद्यार्थी थिए भने सरस्वती पुजा देखि थपिएर ५६ जना विद्यार्थी भएका छन ।



कक्षा ३ सम्म पढाई हुने यस विद्यालय भौतिक हिसावले त निकै कमजोर छदैछ विद्यार्थीपनि कम हुनुका कारणले सरकारको आखाँले पनि हेरिएको छैन, विद्यार्थी बढान अनेकौ प्रयास गर्दा पनि सम्भाव भएकाने छैन सम्भाव हुन नसक्नुका धेरै कारणहरु छन त्यसमा मुख्य गरेर यस विद्यालयको भौतिक संरचना अभाव, विद्यालय क्षेत्रका अभिभावकहरु ज्याला मजदुरी गर्नु जानुपर्ने बाध्यतामा पर्ने भएकोले विद्यार्थीलाई स्कुल पुर्याउन नभ्याउने कारणे आफैसंग लिएर मजदुरी गर्न जाने, गौडागौडामा निजी स्कुल संचालनमा आउनु र धेरैजसो अभिभावक अशिक्षित छन पढाउनु पर्छ भन्ने नै छैन अलि सचेत अभिभावकले छोराछोरी अंग्रेजी मोहका कारण निजी विद्यालयमा पठाउनु जस्ता कारणले चमरधाम प्रावीमा विद्यार्थी भर्ना हुदैनन, भई हालेपनि दुई चार महिनामै स्कुल आउनै छोडने समस्या जटिल छ । कतिपयले पेटभरी खान र राम्रो लाउन नपाएको कारण पनि आउन सक्दैन थिए र अहिले विद्यायमा खाजाको व्यवस्था भएको हुदाँ विद्यार्थी अलि अडिन थालेका छन आज विद्यार्थीहरुले राम्रो लाउन पाएका छन यस कारण विद्यार्थी र उनिहरुका अभिभावक खुसी हुनेनै छन, विद्यालय जाँदा लुगा कामी कलम पाईने रहेछ भनेर विद्यालय आउनु पर्ने रहेछ र पठाउनु पर्ने रहेछ भन्ने सोचको विकास हुनेहुदाँ हामि शिक्षकहरु पनि खुशीले दंग परेको प्रधानाध्यापक नरेन्द्रप्रसाद गुरुङले बताए ।
आयोजक संस्था सयपत्री ट्रेडलिंकका संचालक बिनोद बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड वडा नम्बर १० का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दुर्योधन गुरुङले सामाग्री वितरण गरेर उद्घाटन गरेका थिए ।
रोटट्रयाक्ट क्लव अफ विर्तामोडका अध्यक्ष राज मुखिया, वीरता जेसीज बर्ष २०२० का महासचिव विकास बस्नेत, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, संचारकर्मी सन्तोष न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुका राई, सदस्य रिमानद्धवज लोत्कताम लगातले शैक्षिम सामाग्री वितरण गरेका थिए ।
रोटट्रयाक्ट क्लव अफ विर्तामोडको सहयोग समेत रहेको कार्यक्रममा स्वागत प्रधानाध्यापक नरेन्द्र गुरुङ, औचित्यमाथी प्रकास सभाध्यक्ष बिनोद बस्नेत र संचालन रोटट्रयाक्ट क्लव अफ विर्तामोडका सचिव बाप्पा साहले गरेका थिए ।




