Aamsanchar

ब्रा को बिषयमा भ्रम र सत्य

Author Image
बिहिवार, माघ २३, २०७६

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो– ब्रा । सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन् । महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन् ।

ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्न भ्रमहरु पनि छन् । जस्तो ब्रा लगाउँदा स्तन क्यान्सरको खतरा बढ्छ । तर, ब्रा को प्रयोगले स्तन क्यान्सरको कुनै पनि खतरा नरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । ९० को दशकमा गरिएको एक अध्यनले ब्रा प्रयोगले स्तन क्यान्सर बढ्ने देखाएतापनि पछिल्लो समय चिकित्सकहरुले ब्राबाट स्तन क्यान्सरको कुनै खतरा नभएको बताएका छन् ।

महिलाहरु स्तनको आकार सानो भएमा फम सहितकको ब्रा लगाउनै पर्ने ठान्छन् । तर यो जरुरी छैन । यो महिलामा भर पर्छ कि उनीहरु आफ्ना स्तन कसरी देखाउन चाहन्छन् । यदि तपाइँ स्तन ठूलो देखाउन चाहनु हुन्छ भने फम सहितको ब्रा लगाएपनि हुन्छ तर केही फरक पर्दैन भने ब्रा लगाउनु जरुरी छैन ।

महिलाहरुमा प्याडेड वा पुश अप ब्रा लगाउँदा स्तन ठूलो हुने ठान्छन् । तर बास्तविकता केहो भने पुशअप ब्रा स्तनलाई ठूलो देखाउन मात्र लगाउने हो । यो लगाउँदैमा स्तन बढ्ने होइन् ।

खासगरी महिलाहरु परफेक्ट ब्रा लामो समयसम्म प्रयोग गर्न सकिने ठान्छन् । तर कुनै पनि ब्राको उमेर ६ देखि ९ मिहना सम्म मात्र हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 840

प्रतिक्रिया (०)

सम्बन्धित खबर