Aamsanchar

सकारात्मक सोच विकास गर्ने सात सुत्र

Author Image
बिहिवार, माघ २३, २०७६

अहिलेको समयमा मानिसहरु एकदमै नकारात्मक बन्दै गईरहेका छन् । आफू मात्र राम्रो, आफ्नो काम मात्र उत्तम, आफ्नो भनाई मात्र सहि भन्ने विचार एकदमै प्रवल बन्दै गहिरहेको छ ।

यस्तो बिचारले केहि समय आनन्द दिएपनि हरेक व्यक्तिले आफू एक्लो भएको बेला मुर्ख र दुस्खी भएको महसुस गरेकै हुन्छन । कसै(कसैले आफूलाई मात्र किन मान्छेहरुले मन नपराएको होला भन्ने अनुभव पनि गरिरहेका हुन्छन त्यसैले यो छोटो जिन्दगीको यात्रामा सबैको प्रिय भई उल्लासमय जिन्दगी जिउन हामी सकारात्मक हुन जरुरी छ । यसका लागि केहि मन्त्र साथ दिनको शुरुवात गर्न सक्छौ ।

हेर्दा साधारण जस्तो लागेपनि तलका बुँदाहरुलाई इमान्दारसाथ हरेक बिहान स्मरण गरी दिनको शुरुवात गरे करीव बाइस दिनदेखि एक महिनासम्ममा आफू सकारात्मक बनिसकेको अनुभव हुनेछ । आउनुहोस ती मन्त्रहरु याद गरिहालौ ।

१, आजको दिन म मुस्कानवाट सुरु गर्नेछु ।
२, आजको दिन म शान्त रहनेछु ।
३। आजको दिन म प्रसन्न रहने छु ।
४, आज दिनभर काम इमान्दारीसाथ गर्नेछु ।
५, आजको दिन म सबैलाई आदर, सम्मान र प्रेम गर्नेछु ।
६, आजको दिन म ईश्वर र प्रकृतिसंग आभारी हुनेछु ।
७, आजको दिन म बोल्ने भन्दा सुन्ने काम धेरै गर्नेछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर