Aamsanchar

एक मिनेटमा ८३ शब्द याद गर्दै अर्पण शर्माले बनाए नयाँ विश्व रेकर्ड

Author Image
शुक्रवार, माघ २४, २०७६

नेपालका मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्माले १ मिनटमा ८३ शब्द याद गरेर नयाँ विश्व रेकर्ड बनाएका छन् । उनले पुरानो वल्ड रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका हुँन् ।

यस अघि भारतका सागर भुचीले ९ जुन, २०१९ मा १ मिनेटमा ५२ वटा वस्तुको नाम याद गरेर अर्पण शर्माको रेकर्ड तोडेका थिए । त्यसबेला अर्पण शर्माको रेकर्ड १ मिनेटमा ४२ वस्तुको नाम मात्रै रहेको थियो । यसै रेकर्डलाई नेपालका मेमोरी किङ्ग अर्पण शर्माले ३१ को अन्तरले ब्रेक गरेका छन् ।
९० वटा वस्तुहरुको नाम याद गर्ने क्रममा उनले ८३ वटा क्रमैसंग याद गर्न सफल भएका थिए । ८३ वस्तुका नाम १ मिनेटमा याद गरेर उनले उल्टो, सुल्टो र नम्बर सहित पनि भन्न सफल भएका थिए ।

शर्माले आवश्यक प्रक्रियाहरु सबै पुरा गरी अब सर्टीफिकेटको पर्खाईमा रहेको बताएका छन् ।उनले भने , ‘यो बिचमा मेमोरी सेमिनारहरुमा व्यस्त रहेको कारणले रेकर्डका लागि समय दिन नसकेको हो’ ।

उनको मेमोरी टेक्निकहरुबाट हजारौं विद्यार्थीहरुले पढाईमा सफलता पाएका छन् । अबका नयाँ कीर्तिमानहरुमा उनले पानी मुनि गएर दुई बुक तास याद गर्ने देखि लिएर एक लाख पाई डिजिटहरु याद गरेर उल्टो सुल्टोबाट भन्ने रोचक रेकर्डहरु छन् । यी नयाँ रेकर्डहरु पनि केही महिनामै तोड्ने उनको योजना भएको बताएका छन् । शर्मा “राष्ट्रिय युवा पुरस्कार – २०७२” बाट पनि सम्मानित व्यक्तित्व हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर