Aamsanchar

वीरता जेसीजको पदस्थापना सम्पन्न, निरौला र चौलागाइँ सम्मानित (फोटो फिचर सहित)

Author Image
बुधवार, माघ २९, २०७६

वीरता जेसीज सन २०२० को कार्यसमिति पदाधिकारीहरु ।

विर्तामोड । वीरता जेसीजको सन् २०२० को अध्यक्षमा निर्वाचित मिजास पोखरेलले वुधवार पदभार ग्रहण गरेका छन् ।
वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका वीच अध्यक्ष पोखरेलले पदभार ग्रहण गरेका हुन् ।  सन् २०१९का अध्यक्ष विशाल थापाको गलामा रहेको जेसीज अध्यक्षीय चेन पूर्वअध्यक्षहरुले सन् २०२०का अध्यक्ष पोखरेललाई पहिर्याएर पद हस्तान्तरण गराएका थिए । त्यसक्रममा सन् २०१९का अध्यक्ष थापाले सन् २०२०का अध्यक्ष पोखरेललाई शपथ ग्रहण गराएका थिए । वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत एकराज गिरीले अध्यक्ष पोखरेललसहित नयाँ कार्य समितिको नाम घोषणा गरेका थिए ।

बर्ष २०१९ का अध्यक्ष विशाल थापाले सन् २०२० का अध्यक्ष मिजास पोखरेल (चस्मा लगाउने) लाई सपथ खुवाउदै ।

वीरता जेसीजको ३९औं साधारणसभाबाट वर्ष २०२०का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी, प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टीकाराम खतिवडा, कमल श्रेष्ठ, प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ (एलसी), प्रकरण निर्देशकमा अमरजित साह निर्वाचित भएको र उनीहरुलाई अध्यक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले विभिन्न पदमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिँदै पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यसमितिको कानूनी सल्लाहकारमा कुशल खतिवडा, महासचिवमा विकास बस्नेत, कोषाध्यक्षमा प्रकाश सुवेदी, सहकोषाध्यक्षमा सञ्जीव घिमिरे रहेका छन् ।
वीरता जेसीजका सन् २०१९का अध्यक्ष विशाल थापाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जीवनकुमार खड्काले स्वागत गरेका थिए ।

सफत पस्चात आत्मियताका साटदै निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्ष, विचमा निर्वाचन निर्देशक पूर्व अध्यक्ष एकराज गिरी ।

कार्यक्रममा प्रवीन खड्काले आस्था वाचन र राजीव धिमालले जेसीआई मिसन भिजन वाचन गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष जेसीआई सिनेटर बिनोद बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले सात जनालाई उत्कृष्ट जेसी अवार्ड प्रदान गरेका छन् । अवार्ड पाउनेहरुमा विकास बस्नेत, जीवनकुमार खड्का, दिवाकर प्रसाईं, दिवाकर चौधरी, लोकचन्द्र श्रेष्ठ (एलसी), राजीव धिमाल, कुशल खतिवडा रहेका छन् । त्यस्तै जेसीज अफ द इयरको अवार्ड टहलदास ओलीले प्राप्त गरेका छन् । सोही कार्यक्रममा साहित्यकार भगवती ढुंगेलले जेसीज साहित्य पुरस्कार प्रदान गरिएको थियो भने दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार कुशल खतिवडालाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

वीरता जेसीजले गत बर्षदेखि प्रदान गर्दै आएको मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई प्रदान गरिएको छ । वीरता जेसीजका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार मदन ढकालको स्मृतिमा ढकालका परिवारहरुले अक्षयकोष स्थापना गरी पुरस्कारको स्थापना गरिएको हो । उक्त पुरस्कार वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा अक्षयकोषका दाता सावित्रा ढकाल र रेखा घिमिरेले वुधवार उपसम्पादक निरौलालाई प्रदान गरेका थिए । पुरस्कारको राशि ११ हजार रहेको छ ।सोही कार्यक्रममा दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त पुरस्कार वीरता जेसीजका पूर्वअध्यक्ष दिलकुमार घिमिरेको स्मृतिमा रेखा घिमिरे र लव घिमिरेले अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारको राशि ११ हजार रहेको छ ।

कार्यक्रमको सञ्चालन सन् २०१९का महासचिव कुशल खतिवडा र २०२०का महासचिव विकास बस्नेतले गरेका थिए ।

वर्तमान अध्यक्ष पोखरेललाई बधाई ज्ञापन गर्दै वीरता जेसीजका पूर्व अध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत ।

पत्रकार तुलसीप्रसाद निरौलालाई सम्मान पुरस्कृत गर्दै पुरस्कार अक्षयकोष दाता सावित्रा ढकाल ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)