Aamsanchar

युएईमा प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता हुने

Author Image
बिहिवार, फागुन १, २०७६

युएई:  स्वस्थ्यकोलागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता भन्ने मुल नाराका साथ प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता २०२० को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरीका दिन दुबई स्थित अलकुज बलोदिया भलिबल खेल मैदानमा हुन लागेको हो । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने छ । जसमा आयोजक तनहुँ कास्की, सयपत्री एनआरएनए र बाग्लुङ समाजको दुई दुई वटा टिम रहेकाछन भने अन्य सहभागी टिममा पर्वत सेवा समाज, कास्की युनाईटेड, पथरी शनिश्चरे समाज, मोना म्याग्दी, ठकुरी सहयोग संजाल, रिमिक्स टाईगर, नेपाल स्पोर्ट्स क्लब, अल खैल गेट, तमु प्ये ल्हु संघ र गुल्मी सेवा समाज रहेकाछन ।

फिभाको नियम अनुसार खेलाईने उक्त खेलमा प्रथम हुने टिमलाई नगद पुरस्कार ३३०० युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुने टिमलाई नगद पुरस्कार १८०० युएई दिरामका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि तृतीय र चौथो हुने टिमलाई नगद पुरस्कार ३५० युएई दिराम प्रदान गरिने छ । साथै वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट सर्भर, वेस्ट लिब्रो र एक जना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने कार्यक्रम संयोजक हिरालाल श्रेष्ठ ले जानकारी दिएकाछन ।

प्रतियोगितालाई डा. दिनेश आचार्य र युएई एक्सचेन्जले मुख्य प्रायोजन गरेका छन भने सयपत्री रेष्टुरेन्टले सह-प्रयोजन गरेको छ । अन्य प्रयोजकहरुमा नेपाली चुल्हो , पेपल ट्राभल एण्ड टुर्स, क्युट लुक्स व्युटि पार्लर, शुभ यात्रा ट्राभल् एण्ड टुर्स , हिमल रिमेट्स, होलिडे ट्रप, भेटघाट फुडस्टुफ , रिया मनि ट्रान्सफर, कोसेली ट्राभल, रिखा, बिष्णु लाल श्रेष्ठ र सुमन उदय रहेका छ्न।

युएईमा रहनुहुने सम्पूर्ण सामजिक संघ संस्था र खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति भई खेलाडीहरुलाई हौसला बढाई दिन आयोजकले अपिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)