Aamsanchar

महराविरुद्धको मुद्दा आज छिनोफानो हुने

Author Image
सोमवार, फागुन ५, २०७६

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको फैसला आज सुनाउने भएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ सकिएकामा आज फैसला सुनाइने भएको हो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । त्यसपछि न्यायाधीश पौडेलले फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर