Aamsanchar

कनकाई माईमा वृहत गंगा आरती हुने

Author Image
मङ्गलवार, फागुन २०, २०७६

बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित कनकाई माई पूर्वीतटमा वृहत कनकाई माई गंगा आरती आयोजना हुने भएको छ ।

धार्मिक पर्यटन प्रर्वधन र वातावण संरक्षण र शुद्धीकरण गर्ने अभियन अनुसार कनकाई माई गंगा आरती शुरु गर्न लागिएको मंगलबार कनकाई नगरपालिको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईएको छ ।

ल्गोवल मल्टी कल्चर अर्गनाईजेशन नेपालको आयोजना, कनकाई उद्योग बाणिज्य संघ सुरुंगाको व्यवस्थापन, कनकाई नगरपालिका र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम संरक्षक रहने बताईएको छ ।

झापा जिल्लाको करीब बीचभागबाट बग्ने जिल्लाको सबै भन्दा ठूलो र पवित्र नदी कनकाई माईको विशेष धार्मिक महत्व रहेको छ । पौराणिक कालमा कनकाई नदिमा सुन भेटिने भएको सुन भएको पानी शुद्ध पवित्र हुने भएकोले कनकाईमा स्नान गर्ने प्रचलन हाल सम्म पनि रहदै आएको छ । यस नदिको धार्मिक र वैज्ञानिक मान्यतालाई अझ जनमानसमा पुर्याउन कनकाई माई गंगा आरतीले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा यस कार्यलाई पूर्णता र निरन्तरताका लागि नगरपालिका संरक्षक बनेर सहयोग गर्ने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन ।

फागुन २३ गते शुक्रबार हुने गंगा आरतीमा ५ हजार सर्वसाधारणको सहभागिता गराईने, स्थानिय संघसंस्था, समाजसेवी धर्मप्रेमीहरुको पूर्ण साथ रहेको कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले बताए ।

धर्म संस्कृती नै पर्यटनको मुख्य आधार भएकोले आन्तिरक रुपमा भएपनि यस्ता कार्य गर्न जरुरी छ । मनशुद्धी, वायुलाई स्वक्ष बनाउन आरती महत्वपूर्ण माध्ययम हो, यो धार्मिक मान्यता संगै विज्ञानले पनि पुष्टी गरेको भएकाले ७ वटै प्रदेशमा नियमित गंगा आरती गराउने अभियान अन्तरगत प्रदेश १ को कनकाईबाट अभियानको थालनी गर्न लागिएको आयोजक संस्था ग्लोवल मल्टी कल्चर अर्गनाईजेसन नेपालका अध्यक्ष कार्यक्रमका सभाध्यक्ष लक्ष्मीप्रसाद बुढाथोकीले बताए । उनले भने कनकाई माईमा गंगा आरती सहित आयोजना गर्न लागिएको ३ दिने धार्मिक महोत्सव तयारी  पुरा भईसकेको अवस्थामा सरकारले कोरोना भाइरस का कारण सबै कार्यक्रम स्थगित गर्न गरेको सुचना अनुसार दुईदिनको कार्यक्रम स्थगित गरि फैलिने भाईरस र दुशिद्ध हावालाई शुद्ध पार्ने हुदाँ  गंगा आरती मात्रै गरिन लागेको जानकारी दिए ।

कार्यक्रमा कनकाई वडा नं. ४ का अध्यक्ष गोविन्द पौडेल, कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष नवलकिशोर दत्त, छितिज नाट्यका अध्यक्ष माधव कल्पित, नेपाल भारत मैत्री संघका भवानी लुईटेल, कनकाई वडा नं. ८का अध्यक्ष प्रेमबहादुर कटुवाल लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी विमलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१