Aamsanchar

कोरोना सँगसँगै माक्सको कालोबजारी

Author Image
बिहिवार, फागुन २२, २०७६

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ८५ वटा देशमा फैलिसकेको छ । शुक्रबार विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको समेत बताएको छ ।

हरेक वस्तुमा परनिर्भर र कालोबजारीको मार खेप्दै आएका नेपाली उपभोक्ता फेरी अर्को मार खेप्नु परेको छ ‘मास्क अभाव ।’

समस्या परेपछि मात्रै समाधान खोज्ने हामो प्रवृत्ति कोरोना भाइरसको सन्दर्भमा पनि दोहोरिएको छ ।
यसको प्रभावले नेपाली बजारमा माक्सको कालोबजारी बढेको छ । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स पाउन छोडेको छ । पछिल्लो एक महिनाको अन्तरालमा नेपालमा माक्सको मुल्य ९० प्रतिशतले बढेको र बजारमा व्यवसायीले मास्कको आफूखुशी मूल्यवृद्धि गर्न थालेको पाइएको छ । १ महीना अघिसम्म रू. ४०० सम्ममा पाइने मास्कको प्याकेटको मूल्य अहिले रू। १९ सय नाघेको छ । माघ दोस्रो साता बजारमा डोचिम मास्कको प्रतिप्याकेट मूल्य रू। ४०० र साधारण मास्कको मूल्य रू. २०० थियो । बजारमा मास्कको अभाव भएको भन्दै व्यवसायीले उक्त डोचिम मास्क रू. १६ सयदेखि ११९ सयसम्म र साधारण मास्क रू। १ हजारसम्ममा विक्री गर्न थालेका छन् । निम्स फार्मेसी थापाथलीका अनुसार थोक विक्रेताले नै ५ गुणासम्म बढी मूल्यमा मास्क बेचिरहेकाले मेडिकलमा मास्कको मूल्य बढेको हो ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले विश्व स्वास्थ्य क्षेत्रमा यतिबेला हलचल ल्याएको छ । नेपालमा पनि मास्कको माग बढ्दै गएपछि त्यसैको फाइदा उठाउँदै व्यवसायीले गैरकानूनी रूपमा मूल्यवृद्धि गर्न थालेका हुन् ।

व्यापारीहरुले माक्स चीन र विभिन्न देशबाट निर्यात गर्ने भएकाले नेपाली बजारमा माक्सको अभाव भएको हो । बजारमा एक महिना अगाडि २ रुपैयाँ होलसेल खुद्रा मुल्यमा आउने माक्स अहिले २५ रुपैयाँ पुगेकोले पनि बजारमा यसको मुल्य बढाएर बेच्ने गरेको छ। बजारमा सर्जिकल मास्कको कृतिम अभाव सिर्जना गरी मेडिकल पसलहरुले यसको मुल्य दोब्बर लिन थालेको भन्ने गुनासो र उजुरी धेरै आएपछि गुनासा तथा उजुरीका आधारमा विभागले केहि दिन उपत्यकाका विभिन्न औषधि पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा केहि औषधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ।
अनुगमनमा केही मेडिकल पसलमा मास्क लुकाएर राखेको पाईपछि उनीहरुलाई बिस हजार सम्म जरिवाना पनि लगाएको छ र कसैले त्यत्तिकै दोब्बर मुल्यमा बेच्ने गरेको पनि पाइएको छ र उनीहरुलाई विभागले जरिवाना लगाएको र अबका आउने दिनमा त्यसो नगर्न पनि चेतावनी दिएको छ ।
माक्सको कालोबजारी गरी बिक्रि वितरण गर्ने गरेको गुनासो आएकाले यसको अनुगमनमा तिव्रता दिइएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

विश्वमा नै समस्या देखिएकोले नेपालीको स्वास्थ्यप्रति गम्भिर सुरक्षा अपनाउन ध्यानदिनुपर्ने अबस्थामा कमाउ धन्दामा व्यापारीहरु लागेका छन् ।

व्यापारीहरुले चिनीयाहरुले नेपालबाट मास्क खरिद गरेर विदेश पठाएकोले अभाव भएको भनेका छन् । तर केही नेपाली दलालहरु नै चीनतर्फ मास्क पठाउने धन्दामा नेपालीहरु नै छन् ।

अरु नेपालीको स्वास्थ्यमा समस्या उत्पन्न भयो भने लुकाएर राखेको मास्कले उनीहरुको सुरक्षा गर्ला त ? कालाबजारीले कहिल्यै सोँचेका छन् ?

नेपालमा सामान्य अवस्थामा ३० प्रतिशत मानिसहरुले माक्सको प्रयोग गर्दै आएका छन । तर, कोरोना भाइरसको प्रभाव बढेपछि माक्स ८० प्रतिशत मानिसहरुले प्रयोग गर्ने लागेकाले पनि बजारमा माक्सको अभाव भएको औषधी विभागले जनाएको छ । उपत्यकामा सर्जिकल माक्सको उत्पादन गर्ने दुई वटामात्र कम्पनी रहेका छन् ।

यसैबीच कोरोना भाइरसको प्रकोप फैलिएसँगै धेरै पर्यटकको भिडभाड हुने क्षेत्र ठमेलमा यति बेला सुनसान रहेको छ । ठमेलका अधिकांश होटल, रेष्टुरेन्ट तथा बाहिरी पसलहरुमा कोरोनाको प्रभाव देखिएको छ । ठमेल क्षेत्रमा विगत ३० वर्ष देखि पसल तथा रिक्सा चलाउर्दै आएका व्यवसायीहरुले व्यापार शुन्य रहेकाले गरिखान मुस्किल भएको बताए ।

मास्कमा कालोबजारी मौलाइरहँदा सरकार भने कानमा तेल हालेर बसेको छ ।

विश्वमा कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बजारमा सजिलै पाइने मास्कको अभाव र मूल्य वृद्धि भएको हो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल एकै व्यक्तिलाई ठूलो संख्यामा मास्क नबेच्न मेडिकलहरुलाई भनिएको बताउँछन । तर, कालोजारी गरेको भए त्यसको नियन्त्रण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने उनको भनाइ छ ।

औषधि व्यवस्था विभागमा पनि दोब्बर मूल्य लिएको गुनासो आएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अगुवाइमा अनुगमन, निरीक्षण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बताए ।

‘हामीले उपभोक्ता हित संरक्षण विभागलाई अनुरोध गरेका छौं,’ ढकालले भने–‘विभागले गर्ने अनुगमनमा हामीले पनि सघाएका छौं । मास्कको मूल्य वृद्धिमा केही व्यक्तिको गुनासो आएपछि हामीले निरीक्षण गर्यो । केही व्यक्तिले कालो बजारी गरेका रहेछन् । उनीहरूलाई हामीले कारबाहि गर्यो । अब त्यस्तो गर्दैनन्, भन्ने सोचेका छौँ । उद्योग मन्त्रालयले मास्क उत्पादन गर्न निर्देशन दिइसकेको छ । अभाव नै भए सरकारले अन्यन्त्रबाट पनि ल्याउने छ। यसमा आक्तिहाल्नु पर्ने अवस्था छैन ।’

नेपाली उत्पादन कति ?
अहिले नेपालमा दुई उद्योगले मात्र मास्क उत्पादन गरिरहेका छन् । काठमाडौंको बौद्धमा नवीन श्रेष्ठले हालै पेपर मास्क उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले दैनिक २ हजारदेखि ३ हजार थान मास्क उत्पादन गर्छ । अर्का उद्योगी खडानन्द पाण्डेले रूपन्देही बुटवलमा दुई वर्षदेखि कपडाको कटन मास्क बनाइरहेका छन् । उनको उद्योगले अहिले दैनिक आठ सय थान मास्क उत्पादन गर्छ । तिनले यहाँको माग भने धान्न सकेका छैनन् । हाल भएको मास्कको अभावबाट मुक्त हुन अन्य देशबाट आयात गर्ने विषयमा उद्योग मन्त्रालय र स्वास्थ्य जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको ढकालले बताए । उनले नेपालमा मास्क उत्पादन गर्ने उद्योगहरूलाई उत्पादन बढाउन पनि आग्रह गर्ने बताए ।

कस्तो मास्क उत्तम ?
चिकित्सकका अनुसार बजारमा पाइने कम गुणस्तरका कपडाका मास्कले धूलोका ठूला कण मात्र रोक्छन् । सबै प्रकारको वायुप्रदूषण छेक्न सक्दैनन् । बरु डाक्टरले प्रयोग गर्ने ‘सर्जिकल मास्क‘ प्रदूषण र किटाणु छेक्न निकै बढी प्रभावकारी हुन सक्छ ।

नेपाल सरकारले भने यसबाट बच्नको लागि भैपरी आउने सुरक्षा व्यवस्थाको कुनै पनि तयारी गरिएको छैन्। नेपाल सरकारले भाइरसबाट बच्नको लागि भीडभाड र महोत्सवजस्ता कार्यक्रम नगर्नलाई आह्वान भने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर